Ultimate magazine theme for WordPress.

बिश्व प्रसिद्ध गढिमाई मेला आजदेखी सुरु

1,343

उमेश दुबे
बारा, १ मंसिर ÷ बिश्वकै प्रसिद्ध गढीमाई मेला आजदेखी सुरु भएको छ । बाराको बरियारपुर स्थित रहेको गढीमाई मन्दिरमा देश÷बिदेशबाट भक्तजनहरु आउने क्रम जारी भएको हो ।
गढीमाई माथि आस्था र बिश्वास हुने भक्तजनहरु गढीमाई मन्दिरमा पूजा आजा गर्नु आउन थालेका छन् । गढीमाई मेला मंसिर भरी नै लाग्ने गर्दछ । पाच बर्षमा एक चोटी लाग्ने गढीमाई मेलाको निम्ति महागढीमाई नगरपालिका लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएका छन् । महागढीमाई नगरपालिकाबाट भिड नियन्त्रण गर्नको निम्ति नगर प्रहरी समेत परिचालन गरेको छ । मन्दिर भित्र भक्तजनहरुको भिड हुन थालेपछि नगर प्रहरी परिचालन गरिएको बताइन्छ । गढीमाई मेलाको आज पहिलो दिनमा हजारौ संख्यामा रहेका भक्तजनहरुले गढीमाई पुगी पूजा आजा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.