Ultimate magazine theme for WordPress.

सिमराको होटेलहरूमा बारा प्रहरीको छापा, ९ जोडी पक्राउ

825

उमेश दुबे
बारा, १ मन्सिर / बारा सिमराको विभिन्न होटेलहरूमा बारा प्रहरीले छापा मारी गरि ९ जोडीलाइ नियन्त्रणमा लिन सफल भएको छ । सिमराको विभिन्न होटेलहरूमा छापा हानी ९ जोडीलाइ बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
केही दिनदेखी सिमराको होटेलहरूमा यौन ब्यवसायको कार्य तिब्र रूपले अगाडी बढेको सूचनाको अधारमा छापा हानिएको प्रहरी उपरीक्षक बिकास राज खनालले बताउनु भयो । उहाले सूचना आउनसाथ प्रहरी परिचालन गरि ९ जना पुरुष र ९ जना महिलालाइ पक्राउ गर्न सफल भएको बताउनु भयो । सिमराको विभिन्न होटेलहरूमा यौन ब्यवसायको कार्य भइरहेको सूचना आउनसाथ बारा, पर्सा र मकवानपुर जिल्लाका ९ जोडिलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बिकास राज खनालले जानकारी दिनुभयो । ९ जना युवा र ९ युवतीलाई नियन्त्रणमा राखी कानून बमोजिम कारवाही गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक खनालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.