Ultimate magazine theme for WordPress.

यातायात चलाउन व्यवसायी राजी

247

काठमाडौं, ५ श्रावण । यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्रेड युनियनहरूबीच सोमबार भएको छलफलमा यातायात मजदुरको कोरोना बिमा गर्ने सहमति भएको छ । मजदुरको कोरोना बिमा गर्ने सहमति भए पश्चात यातायात चलाउन व्यवसायी राजी भएको हो ।
यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्रेड युनियनहरूबीच सोमबार भएको छलफलमा कोरोना बीमाको आधा रकम सरकारले व्यहार्नेछ भने आधा यातायात व्यवसायीले व्योहोर्ने सहमति भएको जनाइएको छ । कोरोना भँइरसको कारण कुनै मजदुरको मृत्यु भए क्षतिपूर्ति दिन कोष बनाउने विभागले मन्त्रालयमा सिफारिस गर्ने सहमति पनि भएको छ ।
यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्रेड युनियनहरूबीच नया“ सहमतिस“गै ७ साउनबाट सार्वजनिक यातायात चलाउन व्यवसायीहरु सहमत भएका छन् । तर उपत्यकाको हकमा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र मात्र चलाउन दिने निर्णय व्यवहारिक नभएको भन्दै व्यवसायीहरुले लामो र मध्यम दुरीका सबै सवारी साधनहरू सञ्चालन गर्न माग गरेका छन् । यातायात व्यवस्था विभागका अधिकारीले भने यो प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने र सीसीएमसीले निर्णय गर्ने बताएको छ ।

Leave A Reply

Your email address will not be published.