Ultimate magazine theme for WordPress.

हनुमन्ते खोलामा आएको बाढीले गाउनै डुवानमा

171

काठमाडौं, ५ असार । आइतवारदेखी परिरहेको अविरल बर्षाका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको छ । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको हो ।
राममन्दिर बाराहीस्थानदेखि डाक्टर इवामुरा मेमोरियल अस्पताल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको छ भने करिब सात सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली समेत डुबानमा परेको छ । अबिरल बर्षाका कारण स्थानीयवासीहरुमा त्रासको सृजना भएको जनाइएको छ । अबिरल बर्षा संगै पहिरोको खतराको जोखिम समेत बढेको स्थानीयले बताउछन ।

Leave A Reply

Your email address will not be published.