Ultimate magazine theme for WordPress.

निरन्तर वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध

200

पर्सा, ५ श्रावण ÷ आइतवारदेखी परिरहेको निरन्तर वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण सवारी साधन ठप्प भएको छ । मुलुकको बिभिन्न ठाउहरुबाट आउने सवारी साधन पहिरोको कारण रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गल्छीको महेशखोलामा ठूलो पहिरो खसेको कारण सवारी साधन ठप्प रहेको समेत प्रहरीले जनाएको छ । काठमाण्डौबाट बाहिरिने र काठमाण्डौ आउने सवारी साधन बिभिन्न ठाउहरुमा पहिरो खसेको कारण ठप्प रहेको छ । बिभिन्न ठाउहरुमा पहिरो खसेको कारण राजमार्ग कहिले सुचारु हुन्छ भन्न नसकिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.