Ultimate magazine theme for WordPress.

लगातार अविरल बर्षाका कारण बाराको गम्हरिया उच्च जिखिममा

166

बारा, ०६ श्रावण । आइतबारदेखि लगातार परिरहेको अविरल बर्षाका कारण बाराको फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया टोलका दर्जनौ घरमा पानी प्रवेश गरेको छ । वडा नम्बर ७ गम्हरिया टोलका जनप्रतिनिधिले नाला निर्माण नगरी दिदा यस बर्षको पानी घरमा समेत प्रवेश गरेको स्थानीयले जनाएका छन ।
फेटा गाउपालिका वडा नम्बर ७ का केही स्थानीय युवाले समाजिक संजालबाट पानी प्रवेश गरेको बिषयमा पटक पटक उजागर गरेपनी स्थानीय जनप्रतिनिधिले केही चासो नहेराएको स्थानीयले बताएका छन । स्थानीयका अनुसार सार्वजनिक जग्गा अतिक्रमण हुनुको साथै नहरीको समेत सार्वजनिक जग्गा अतिक्रमण भएकोले यसपालिको बर्षाको पानी गाउँ भित्र प्रवेश गरेको बताए ।
दर्जनौ घरमा पानी प्रवेश गर्दा स्थानीयले पम्पिङ्ग सेटको माध्यमले निकास गरिरहेका छन भने स्थानीय जनप्रतिनिधिले केही वास्ता नै नगरेको स्थानीयले दुखेसो पोखेका छन । जनप्रतिनिधिलाई गुहार्न जादा बर्षाको पानी आफुले रोक्ने सक्ने हो र ? भन्दै पन्छिरहेका छन । यस्तै लगातार बर्षाको पानी २ दिन अझ परे गाउनै डुबान पर्न सक्ने संकेत देखा परेको स्थानीयले बताएका छन ।

Leave A Reply

Your email address will not be published.