Ultimate magazine theme for WordPress.

बिरगंजको आदर्शनगरमा रहेको मरिच गोदाममा पर्सा प्रहरीको छापा

362

पर्सा, ६ भाद्र / पर्साको बिरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको मरिच गोदाममा पर्सा प्रहरीले छापा हानेको छ । अबैध रूपमा भन्डारण गरि राखिएको मरिच गोदाममा पर्सा प्रहरीले छापा हानेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले बिरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर टाउन हल नजिकै रहेको गोदाममा छापा हानेको छ । माथिल्लो निकायको आदेशले आफुहरू छापा हानेको र यस बिषयमा थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा समन्वय गर्न छापामारमा सन्लगन प्रहरी बताए ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले हालसम्म कार्यालयमा आइ नपुगेकोले आफूहरू बिस्तृत रूपमा बताउन नसक्ने बताउनु भयो । उहाले कार्यालयमा आइ पुग्न साथ जानकारी गराउने बताउनु भयो । थप विवरण आउन बाकी ।

Leave A Reply

Your email address will not be published.