Ultimate magazine theme for WordPress.

पर्साको नाकाबाट तस्करी सुरू, प्रहरी/प्रशासनको माथिल्लो निकायसम्म सेटिङ्ग रहेको खुलासा

528

उमेश दुबे
पर्सा, ४ भाद्र / पर्सा जिल्लाको विभिन्न नाकाहरूबाट प्रहरी/प्रशासनको माथिल्लो निकायकै इशारामा तस्करी कार्य सुचारू भएको खुलासा भएको छ । प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय पर्साको सन्युक्त इशारामा तस्करी कार्य सुचारू भएको हो ।
प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रधुमन कार्कीको आग्मन भएको २ महिना नबित्दै पर्सा जिल्लाबाट तस्करी कार्य सुचारू भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको माथिल्लो निकायले जबसम्म इशारा नगरे तस्करी कार्य सूचारू हुनु असम्भव रहेको छ । तर पर्सा जिल्लाको सीमा नाकाबाट तस्करी मौलाएपनी माथिल्लो निकायको मौनता ठुलै रकमको चलखेल रहेको बुझिन्छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सादा पोशाकको टोलिको माध्यमबाट तस्करीको लाइनको रकम माथिल्लो निकायसम्म पुग्ने गरेको प्रहरी श्रोतले जनाएको छ ।
श्रोतले जनाए अनुसार पर्सा जिल्लाको विभिन्न ठाउहरूबाट पक्राउ गरिएको मालसमानमा समेत बार्गेनिङ गरि जिल्लाबाटै छोडिने गरेको बताए । उहाले प्रदेश प्रहरी प्रमुखको रूपमा आउनु भएका प्रधुमन कार्कीले प्रदेशमा कडाइ गरिने बिश्वास लिएपनी डिआइजी कार्की आफै रकम उठाउन प्रहरी हवलदारलाई खटाएको बुझिन्छ । प्रहरी हवलदार र जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलिको सन्युक्त टोलिले रकम उठाउन थालेपछी तस्करी लाइन सुचारू भएको बुझिन्छ ।
एक जना अर्का स्थानिय श्रोतका अनुसार डिआइजी र प्रहरी उपरीक्षकलाई मिलाउन एक जना बिचौलियालाइ प्रयोग गर्दै आएको बुझिन्छ । आफ्नो पेशालाइ बदनाम गर्दै क्राइम टोलि सङ सम्न्वय गरि रकम उठाउदै गरेको बुझिन्छ ।
यता प्रहरी चौकी इनर्वाको छेउबाट भारतिय समाग्री नेपाली गाडिमा लोड गरि अबैध तरिकाले नेपाल भित्रिन थालेपनी प्रहरी चौकी र बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख मौन हुनु बिडम्बनाको बिषय बनेको छ । भारतको रक्सौलबाट खरिद गरि भारतिय कस्टम गराएपनी नेपाल भित्रि नेपाली गाडिमा लोड हुने र प्रहरीकै सहयोगमा बिरगंज भित्रिने गरेको एक जना तस्कर श्रोतले जनाएको छ ।
प्रहरी चौकी इनर्वाका प्रमुख प्रहरी नायब निरीक्षक सुमन सिंह र बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक समेतको निर्देशनले प्रहरी चौकी छेउबाट इलेक्ट्रोनिक समान लोड गरि अबैध तरिकाले नेपाल भित्रयाउने गरेको प्रहरी चौकी श्रोतले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो वर्दिलाइ कमाइ खाने भाडो बनाएपछी सीमा नाकाबाट तस्करी मौलाएको प्रष्ट भएपनी प्रहरी संगठनकै प्रमुख द्वय खनालले मौन बस्नु बिडम्बनाको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.