Ultimate magazine theme for WordPress.

हिन्दु संगठित नभएका कारण हिन्दुधर्ममाथि चौतर्फी हमला भयो—बक्ताहरु

128

पर्सा ६ भदौ / विश्व हिन्दु परिषद पर्साले आफनो ५५ अन्तराष्ट्रिय स्थापना दिवस वीरगन्जमा धुमधामका साथ मनाईएको छ । श्री कृष्ण जन्माष्टमीको शुभ अवसरमा आयोजित स्थापना दिवसमा सहभागि बक्ताहरुले हिन्दुहरु जागरुक नभएका कारण सनातन धर्ममाथि प्रहार हुने काम भईरहेको बताए ।
परिषदले शुक्रबार वीरगन्जको आर्दशनगर स्थित होटल कन्ट्री ईनमा आयोजना गरेको कार्यक्रममा परिषदका केन्द्रिय महामन्त्री जितेन्द्र कुमार सिंहले हिन्दुहरु संगठित नभएका कारण बैद्धिक सनातन धर्ममाथि चौतर्फी प्रहार हुने काम भईरहेको बताए ।
हिन्दु धर्मको कसरी संरक्षण तथा सम्बद्र्धन गर्ने त्यसमा चिन्नत गर्न आवश्यक छ उनले भने, संसारमा एउटै धर्म मात्र छ जुन बैद्धिक हिन्दु सनातन धर्म हो । अहिले मुलुकमा क्रिश्चियनहरुको भयावह स्थिती बन्दै गईरहेको छ र यसको सम्बद्र्धनमा नेपाल सरकार आफै लागि परेको आरोप समेत उनले लगाए ।
सुतेको हिन्दु समाजलाई जगाउँने प्रयास हामी गर्नु पर्छ, छिमेकी मुलुक भारतमा हिन्दु समाज जागि सकेका छन विधर्मीहरुले जनेउ लगाएर घुम्न थालेका छन । जुन दिन हाम्रो देश नेपालका हिन्दु समाज जाग्छ त्यो दिन नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउँन कसैले रोक्न सक्दैन् ।
बैद्धिक सनातन हिन्दु धर्म कहाँबाट शुरु भयो र कहाँ अन्त्य हुन्छ यो कसैलाई थाहा छैन तर अरु धर्म १४ सय र १२ सय बर्ष पहिला बनाएको एउटा धर्म हो । निश्चित छ जुन धर्मको शुरुवात हुन्छ त्यो धर्म एकदिन अन्त्य पनि हुन्छ ।
त्यसैले विश्व हिन्दु परिषदले आजको दिनमा मुलुकमा ३१ वटा जिल्लामा एकसाथ आफनो स्थापना दिवस मार्फत हिन्दुलाई जगाउँने प्रयास गरिएको छ । छरिएर रहेका हिन्दु समाजलाई एकसुत्रमा बाँधेर आफनो धर्म संस्कृति रक्षाको निम्ती अगाडी बढ्नु अहिलेको आवश्यकता अनुसार यसको प्रयासमा हिन्दु परिषद लागि परेको उनले बताए ।
कार्यक्रममा परिषदका संरक्षक एव समाजसेवी ओम प्रकाश सिकारीया हिन्दु धर्मलाई पुर्ण स्थानको लागि संकल्प लिएर उभिएका छौ, यसमा देखिएको समस्यालाई निराकरण गरेर अगाडी बढ्नु पर्छ । हिन्दु समुदायमा अहिले पनि जातपात, छुवाछुतको भेदभाव छ, यसलाई अन्त्य गर्नुपर्छ उनले भने, जबसम्म समाजिक विकृती अन्त्य गर्दैनौ तबसम्म हिन्दु धर्मलाई विधर्मीहरुबाट बचाउँन सक्दैनौ ।
विश्व हिन्दु परिषदले विश्व भरिमा हिन्दु संस्कृतिको रक्षाको लागि काम गर्दै आएको छ । व्यानर झुन्ड्याएर होईन आफनो क्षमता अनुसार हिन्दुत्वको लागि जनस्तर सम्म केहि न केहि कार्यक्रम संचालन गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोले यसमा सवैले हातोमालो गरेर अगाडी बढ्नु पर्छ ।
संत प्रमुख बाबा बजरंग दासले धर्म परिर्वतन, लव जिहाद, लगायतका विकृतीले सनातन धर्म दिन प्रति दिन कमजोर हुदै गएको छ यसको लागि हामी एकजुट भएर विरोध गर्नुे बताए । कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साहले परिषदको उदेश्य, संगठनात्मक रंचना, आर्थिक केन्द्र, सेवा कार्यहरु, नियमित कार्यक्रम बारे प्रतिवेदन सार्वजनिक गरेका थिए ।
कार्यक्रममा परिषदका केन्द्रिय सदस्य एव उद्योगपति माधव राजपाल, हिन्दु स्वयं सेवक संघ पर्साका अध्यक्ष ललन दुवेद्धी, संघका प्रचारक रंजित साह, महिला परिषदका जिल्ला अध्यक्ष शान्ति झा लगायतले हिन्दु धर्म रक्षाको निम्ती सम्पूर्ण हिन्दु समाज एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।

Leave A Reply

Your email address will not be published.