Ultimate magazine theme for WordPress.

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोगमा सीमा नाकाबाट तस्करी फस्टाउदै, जिल्ला प्रहरी प्रमुख मौन

356

उमेश दुबे
पर्सा, २६ आश्विन / नेपाल र भारतको सीमा नाकाबाट व्यापक रूपमा तस्करीको कार्य फस्टाएपनी जिल्ला प्रहरी प्रमुख मौन बसेका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आर्थिक प्रलोभनमा पारी तस्कर संगठनले खुल्याम तरिकाले तस्करी गराइरहेपनी जिल्लाका प्रहरी प्रमुख मौन बसेका हुन ।
पर्सा जिल्लाको इनर्वा, श्रीसिया, अलौ, अमरपटी, सबैठवा, धोरे, भिस्वा, जानकिटोला, सेढवा, बिज्यबस्ती लगायतको ठाउहरूबाट व्यापक रूपमा तस्करीको कार्य फस्टाएपनी जिल्लाका प्रहरी प्रमुख मौन बस्नु बिडम्बनाको बिषय बनेको हो । नूनदेखी सुनसम्मको तस्करी हुने ठाउ भन्दै प्रचलित रहेको पर्सा जिल्लामा हालको समयमा मरिच, केराउ, कपडा, हार्डवेयर, इलेक्ट्रोनिक, चाइनिज कस्मेटिक आइटम, लगायतका समाग्री तस्करी हुने गरेको बताइन्छ ।
एक जना तस्करका अनुसार सीमा नाकामा खटिएका प्रहरीहरू मात्र रकम कलेक्सनको निम्ति सीमामा खटिने गरेको बताए । सीमा नाका हुँदै तस्करी हुने समाग्रीबाट मासिक नजराना बुझेपनी टिपको हिसाब किताब समेत बुझ्ने गरेको बताए । बिरगंजको श्रीसिया स्थित रहेको छोटी भन्सार अगाडी नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४ औ घन्टा ड्युटी रहेपनी उनको कार्य चाहिँ आर्थिक कलेक्सन रहेको जोकोही पनि हेर्न सक्छन । श्रीसिया नाका हुँदै तस्करी मौलाउनुको मुख्य कारण भने छोटी भन्सारकै कर्मचारी तस्करीमा सन्लगन भएकोले ।
श्रीसिया छोटी भन्सारका कर्मचारी रम्भु भनिनेले तस्कर र प्रहरी बिचको पूल बन्ने कार्य गर्ने गरेको बुझिन्छ । नूनदेखी सुनसम्मको तस्करी गर्नको निम्ति श्रीसिया छोटी भन्सारका कर्मचारी रम्भु भनिनेले तस्कर संगठन सङ्ग रकम उठाइ प्रहरी/प्रशासनलाई मिलाउने कार्य गर्ने गरेको रहस्य खुलेको छ । स्थानिय सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट श्रीसिया, प्रहरी चौकी छपकैया लगायतको प्रहरी चौकिलाइ भन्सारका कर्मचारी रम्भु भनिनेले मोटो रकमको नजराना बुझाए पश्चात् केराउ, मरिच, कपडा, हार्डवेयर, किराना समाग्रीको लाइन खोलिएको प्रहरी श्रोतको दाबी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोभेन्द्र सिंह राथोडले आफ्नो छेत्रमा कडाइ गरेको बताएपनी स्थलगत रिपोर्टिङ गर्दा तस्करको रकम बढाउनमा कडाइ गरिएको बुझिन्छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा सीमा नाकामा आएका प्रहरीहरू आफ्नो वर्दीलाई कमाइ खाने भाडो बनाएको बारे दुइमत छैन । श्रीसिया लगायत पर्साको ग्रामीण भेगमा पर्ने नाकाहरूबाट तिहार र छठको पैसा उठाउनमा ब्यस्त रहेपनी जिल्ला प्रहरी प्रमुख मौन बस्नु के कति प्रहरी संगठन इमान्दार रहेको बारे बुझ्न सकिन्छ । तसर्थ : यस बिषयमा प्रहरी संगठनकै प्रमुख द्वय खनालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.