Ultimate magazine theme for WordPress.

प्रहरी दिवसको अवसरमा प्रहरीलाई सहयोग पुर्याउने समाजसेवी सम्मानित

243

उमेश दुबे
पर्सा, २४ आश्विन / प्रदेश नम्बर २ का समाजसेवी लगायत विभिन्न निकायका कर्मचारीहरू सम्मानित भएका छन । प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयमा आयोजना भएको कार्यक्रममा समाजसेवी लगायत विभिन्न निकायका कर्मचारीहरू सम्मानित भएका हुन ।
प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा आयोजना भएको सम्मान कार्यक्रममा निस्ठा र इमान्दारिता पूर्वक प्रहरीलाई सहयोग गर्ने जनप्रतिनिधिहरूलाइ सम्मान गरिएको जनाइएको छ । स्थानिय तहमा इमान्दारीता पूर्वक कार्य गर्ने जनप्रतिनिधि लगायत विभिन्न निकायका कर्मचारीलाई समेत सम्मान गरिएको बताइएको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउत गद्दी तथा प्रहरी नायब महानिरीक्षक प्रधुमन कार्कीबाट समाजसेवी लगायत विभिन्न निकायका कर्मचारीलाई सम्मानित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिरगंज महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्र, फेटा गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयप्रकाश दास लगायत सयौ स्थानिय जनप्रतिनिधि सम्मानित हुनुको साथै विभिन्न निकायका कर्मचारीहरू सम्मानित भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.