Ultimate magazine theme for WordPress.

अपराधी र तस्करलाई तह लगाएरै छोडने : प्र.उ. खनाल

238

उमेश दुबे
बारा, २६ आश्विन / जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकाशराज खनालले अपराधी गतिविधिमा सन्लगन अपराधी लगायत तस्करहरूलाइ तह लगाएरै छाडने बताउनु भएको छ । हिजो प्रहरी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रहरी उपरीक्षक खनालले बारा जिल्लामा बढ्दै गएको अपराधी क्रियाकलापलाई जरैदेखि समाप्त पार्ने बताउनु भएको हो ।
नेपाल र भारतको सीमा नाका खुल्ला रहेको कारण अपराधी क्रियाकलाप लगायत तस्करी हुने गरेतापनी उक्त कार्यलाइ जरैदेखी समाप्त पार्ने योजना बनाइएको बताउनु भयो । बारा जिल्लामा अपराधी घटनाहरू वृद्धि हुन नदिन आफ्नो प्रयास जारी रहेको र उक्त कार्यमा स्थानियको सहयोगको अपेक्षा लिएको बताउनु भयो । आफू हुन्जेल यस्ता क्रियाकलाप गर्नेहरूलाइ कदापी नछाडिने प्रहरी उपरीक्षक बिकाशराज खनालले ठोकुवा गर्नु भयो ।
यता जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी प्रमुखको रूपमा प्रहरी उपरीक्षक बिकाशराज खनालको आग्मन साथ अपराधी क्रियाकलापमा सन्लग्न रहेका अपराधीहरू जिल्ला छोडी पलायन भएको श्रोतले जनाएको छ । अपराधी गतिविधिमा सन्लग्न ब्यक्ति माथी बारा प्रहरीको निगरानी जानसाथ पलायन भएका छन ।
नेपाल र भारतको सीमा नाका लगायत बारा जिल्लाको ग्रामिण भेगमा समेत व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक खनाल यस अनलाइन सङ्ग कुरा गर्दै अपराधी र तस्करलाइ तह लगाउन सबैभन्दा पहिला स्थानियले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । स्थानियकै सहयोगमा यस्ता क्रियाकलाप गर्नेलाई तह लगाउन सकिने बताउनु भयो । स्थानियले प्रहरीलाई इमान्दारिता पूर्वक सूचना प्रदान गरे अपराधी गतिविधि गर्नेहरू केही दिनमै खोरमा हुने र बारा जिल्ला एउटा नमूना जिल्लाको रूपमा परिणत हुन सकिने बताउनु भयो । उहाले यस्ता क्रियाकलाप गर्नेमाथी निगरानी बढाउन स्थानिय सङ्ग आग्रह गरेका छन ।
यता समाचार लेखुन्जेल जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकाशराज खनालको आदेशमा खटिएको टोलिले बाराको मूख्य नाकाको रूपमा मानिने मटिअर्वाबाट करीब ३ लाख बराबरको कपडा बरामद गरेको छ । बाराको मटिअर्वाबाट तस्करी भइरहेको सूचना पाउनसाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलिले पक्राउ गर्न सफल भएको हो । भारतबाट नेपाल भित्र्याउने क्रममा पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । मटिअर्वा नाकाबाट तस्करी फस्टाउनु स्थानिय प्रहरीकै मिलोमतो रहेको तस्कर श्रोतले जनाएका छन ।
स्थानिय प्रहरी चौकी मटिअर्वा र बोर्डर आउट पोस्ट मटिअर्वाको मिलोमतोम तस्करी हुने गरेको श्रोतले दाबी गरेका छन । स्थानिय प्रहरी चौकीको लापरबाहीले माथिल्लो निकायसम्मको बदनामी हुने गरेको यहि घटनाले प्रष्ट पारेको छ ।

Leave A Reply

Your email address will not be published.