Ultimate magazine theme for WordPress.

कारको ठक्करले बाघको मृत्यु

195

बारा, १८ पुष / बाराको आधाबार जङ्गलमा कारको ठक्करबाट बाघको मृत्यु भएको छ । आज बिहान करीब ७ बजेको समयमा हेटौडाबाट सर्लाही जाँदै गरेको कारले ठक्कर दिदा पोथी बाघको मृत्यु भएको हो ।
बा.१६.च.८११ नम्बरको कारले बाटो काट्दै गरेको पोथि बाघलाइ ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १ पुर्ब पश्चिम लोक राज मार्ग सडक खण्डको आधाभार जंगल स्थित भएको दुर्घटनामा कुनै किसिमको मानवीय छती नभएपनी बाघको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालक पर्सा राष्ट्रिय निकुन्जको नियन्त्रनमा रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.