Ultimate magazine theme for WordPress.

वीरगंजमा नगर प्रहरीको दादागिरी, व्यपारी मारमा

213

पर्सा, १३ पुष ÷ प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगंज महानगरपालिकाले परिचालन गरेको नगर प्रहरीको दादागिरी दिनप्रति दिन बढ्दै गएको छ । जथाभावी संचालन गरेर पसलहरु हटाउनुको साटो नियम कानुनको पालना गर्दै आइरहेका व्यपारीहरुलाई समेत नगर प्रहरीले सास्ती दिदै आएको रहस्य बाहिर आएको हो ।
वीरगंजको मुटु मानिने घण्टाघर छेउमै रहेको पार्किङ स्थलमा संचालन गरी बसेका पसल संचालकहरु संग मासिक नजराना बुझनुको साथै पटक पटक पसलका समानहरु नियन्त्रणमा लिई दुख पिडा दिदै आएको स्थानीय व्यपारीहरुले बताएका छन । आज दिउसो पसल संचालनको बोर्ड सहित मालसमान नियन्त्रणमा लिन खोज्दा स्थानीय व्यपारी र नगर प्रहरी बिच केही बेर झडप समेत भएको थियो । महानगरपालिकाका नगर प्रहरीले स्वास्थय र ट्राफिक समस्या हुदा हस्तक्षेप गर्नुपर्ने हो तर आफुलाई महानगरपालिकाका प्रमुख मेयर बिजय सरावगीले दिएको आदेशको अवहेलना गर्दै स—साना व्यापारीहरुलाई डराउदै धमकाउदै रकम उठाउनुको साथै दुख दिदै आएको स्थानीय व्यापारीहरुले बताएका छन ।
वीरगंज महानगरपालिका भित्र छया छयाप्ती हिडिरहेको गाई, भैंस लगायतको नियन्त्रण गर्न नसकेका नगर प्रहरीहरुले साना व्यापारीहरुलाई सास्ती दिदै आएको ब्यापारीहरु बताउछन । उनका अनुसार नगर प्रहरी प्रत्येक पसलबाट दिनहु ५ सयसम्म रकम लिने गरेको र नदिए समानहरु जफत गर्ने गरेको बताए । वीरगंज महानगरपालिकाबाट खटिने गरेको नगर प्रहरीले साना साना व्यापारीहरु मारमा परेका छन भने व्यापारीहरुले त्यही साना व्यापारीहरुको माध्यमले कमाई खाने भाडो बनाएको स्थानीय व्यापारीहरुले आरोप लगाएका छन । उनिहरुका अनुसार शान्ति सुरक्षाको लागी खटिएका प्रहरीहरु समेत नगर प्रहरीलाई नै सहयोग गर्ने गरेको बताए ।

Leave A Reply

Your email address will not be published.