Ultimate magazine theme for WordPress.

जनमत पार्टीले रौतहट जिल्लाको एक युवालाई गरे उद्धार

372

बिमलेश कुमार झा
रौतहट १८ पुस / शुक्रवार पुरै देशका जनताहरुले अन्तर्राष्ट्रिय नया वर्ष २०२१ मनाई रहदा पनि जनमत पार्टी र गैर आवासीय मधेशी संघ (NRMA) का नेता कार्यकर्ताहरु समस्यामा परेका एक युवालाई उद्धार गरेका छन् । वैदेशिक रोज़गारको शिलसिलामा बिदेश गएका एक युवकलाइ जनमत पार्टी र गैर आवासीय मधेशी संघका नेता कार्यकर्ताहरूले उदार गरेका हुन ।
वैदेशिक रोज़गारको शिलसिलामा गएको रौतहट जिल्लाक‍ो गढीमाई नगरपालिका धर्मपुरगाउँका रामानन्द यादव १ वर्ष अघि मलेसियामा पुगेका थिए । वहाँ ४ महीनादेखि (बावासिर) बाट एकदमै पिडीत थिए । यादवले जुन कम्पनीमा काम गर्दै थिए त्यो कम्पनीद्वारा उपचार नहुदा घर आउनलाई बाध्यता थियोे । तर त्यो कम्पनी मैनेजरले घर पठाउन नमानेका कारण पीडा खेप्दै आएको उनका आफन्तले बताएका छन । उनका आफन्तले गैर आवासीय मधेशी संघ, मलेसिया टीम जनमत पार्टी रौतहटका नेताहरु बिपिन यादव, विवेकानन्द साह, अर्जुन कुशवाहा र के.स. बीरेन्द्र साहलाई जानकारी गराएका थिए । जानकारी पाउनसाथ मलेसियामा सम्पूर्ण प्रक्रिया पूर्याई जनमत पार्टीका युवाहरुले शुक्रवार विहान यादवलाई आफ्नो घर फर्काउन सफल बन्न पुगेका छन्।
जनमत पार्टीका युवाहरुले देश, विदेशसम्म रहेका नेपालीहरुलाइ हरेक समस्यमा सहयोग गर्ने भन्दै विद्यार्थी जनमत संघ को केन्द्रिय सदस्य अर्जुन प्र.कुशवाहाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.