Ultimate magazine theme for WordPress.

वडा अध्यक्ष कुश्वाहाले अनियमित्ता गरेको भन्दै स्थानीयले गरे वडा कार्यालय घेराउ

370

उमेश दुबे
पर्सा, ९ असार / वीरगंज महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष अनियमित्ता गरेको अभियोग लगाउदै स्थानीयले वडा कार्यालय घेराउ गरेको थियो । राहत, स्वास्थय बिमा, पोखरीको जग्गा लगायतको कार्यमा अनिमित्ता गरेको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरेको हो ।
वीरगंज महानगरपालिका वडा न. १२ का वडा अध्यक्ष रामदरश कुश्वाहाले राहतको नाममा भ्रष्टाचार, स्वास्थय बिमा, पोखरीको जग्गामा निर्माण भइरहेको कार्यमा अनिमित्ता गरेको भन्दै वडा कार्यालय घेराउ गरिएको स्थानीयले बताए । स्थानीय साहिद अलि मंसुरीका अनुसार गरिब असहाय सर्वसधारणको लागि २ सय बोरा चामल आएकोमा १ सय बोरा घोटाला गर्ने प्रयास गरेको बताउनु भयो । उहाले स्थानीयले जागरुक्ता हेराउनसाथ रातारात १ सय बोरा थपिएर बाडिएको बताउनु भयो । महिला शिक्षा बिमाको नाममा एक जना पुरुषलाई समेत बिमा गरिएको स्थानीय साहिद अलि मंसुरीले आरोप लगाउनु भयो ।
स्थानीय अमजद असारीका अनुसार हु—हल्लाह गर्नेलाई मात्र वडा अध्यक्षले कुपन दिने गरेको बताउनु भयो । उहाले आफै हु—हल्ला गरेपछि २ वटा कुपन पाएको भण्डाफोर गर्दै वडा अध्यक्षको मान्सिक्ता राम्रो नरहेको आरोप लगाउनु भयो । गरिब असहाय सर्वसधारणको लागि आएको राहत भोट कमाउनको निम्ति वडा अध्यक्षले आफ्नो आसेपासेलाई दिइएको स्थानीय अमजद अंसारीले बताउनु भयो ।
महिला शिक्षा बिमाको फारम भरेको २ बर्ष बिति सक्दापनि आफ्नो नाम नआई पुरुषको नाम आएको बताउनु भयो । वडा अध्यक्ष रामदरश कुश्वाहाको आसेपासेको रुपमा चिनिने पुरुषलाई स्वास्थय बिमामा गरिएको र बर्ष फर्म भरेको बिति सक्दापनि आफ्नो नाम नआएको बताउनु भयो । उहाहरुले नै योग्यता भएको भन्दै फारम भर्न लगाएको र आफ्नो नाम काटी आसेपासेलाई नियुक्त गरिएको आरोप लगाउनु भयो ।
स्वास्थय बिमाको नाममा आसेपासेलाई नियुक्त गरिएको आरोप लागेका घनश्याम गुप्ताले नियमावली अनुसार नै आफु फारम भरी नियुक्त भएको बताउनु भयो । उहाले राजनीति मानसिक्ताले ग्रसित रहेका केही नेताले गर्दा आफुलाई बदनाम गर्ने प्रयास गरिएको बताउनु भयो । गुप्ताले नेपाल सरकारले जारी गरेको स्वास्थय बिमामा प्रकृया अनुसार तालिम गरेर आइसकेपछि करिब ३ बर्षपछि यस्तो तरिकाको अवाज उठाई बदनाम गर्ने प्रयास गरिएको बताउनु भयो ।
यता वीरगंज महानगरपालिका वडा नंं १२ का वडा अध्यक्ष रामदरश कुश्वाहाले आफुले २ सय बोरा राहत बाडिएको बताउनु भयो । प्रदेश सरकारले पठाएको २ सय बोरा मध्ये २ सय बोरा नै राहत बाडिएको ठोकुवा गर्नुभयो । पटक पटक गरी आफुले गरिब असहायको लागि राहत बाडिएको वडा अध्यक्ष रामदरश कुश्वाहाले बताए ।
वडा अध्यक्ष कुश्वाहाले आफ्नो आसेपासेलाई मात्र राहत बाडी भोट कमाइरहेको समेत स्थानीयले आरोप लगाएका थिए । स्थानीयले वडा कार्यालय घेराउ गरेको २ घण्टा नबितिदै वडा प्रहरी कार्यालय श्रीपुरबाट आएको टोलीले तितर बितर पारी वडा कार्यालय संचालन गर्न लगाएको छ ।

Leave A Reply

Your email address will not be published.