Ultimate magazine theme for WordPress.

हुन्डी कारोबार तिब्र रूपले अगाडी बढ्दै, ६ लाख सशस्त्र प्रहरीको नियन्त्रणमा

230

उमेश दुबे
पर्सा, ७ असार / नेपाल र भारतको खुल्ला सीमाको फाइदा उठाउदै हालको समयमा हुन्डी कारोबार तिब्र रूपले अगाडी बढेको छ । मुलूक लगायत विश्वभरी फैलिएको कोरोना भाइरस कहरको बेला पैसा आयात निर्यात गर्न सहज भएकोले हुन्डी कारोबारीहरू यस कार्यमा सक्रिय भएको बुझिन्छ ।
हुन्डी कारोबारी सक्रिय हुनसाथ सीमामा खटिएका सशस्त्र प्रहरी समेत हुन्डी कारोबारीहरूको पछि लागेको बताइन्छ । आज करीब १२ बजेको समयमा बोर्डर आउट पोस्ट भिस्वाबाट सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमान्डमा खटिएको टोलिले ६ लाख रूपैया बरामद गरेको बताइन्छ । भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक पराजुलीको कमान्डमा खटिएको टोलिलाइ हेर्नसाथ झोला फाली भारततर्फ फरार भएपनी झोलामा राखिएको ६ लाख रूपैया बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
हुन्डी कारोबारीहरू पर्साको भिस्वा नाकालाइ प्रयोग गरेपनी उनिहरूको मान्सिक्तालाइ बिफल पार्दै सशस्त्र प्रहरी निरीक्षक लक डाउनमा मात्रै २८ लाख ४६ हजार रूपैया बरामद गर्न सफल भएका छन । नेपाल र भारतको खुल्ला सीमामा सशस्त्र प्रहरीले तस्कर संगठनहरूलाइ चुनौती दिदै आफ्नो कार्य गरिरहेकै बेला हुन्डी कारोबारमा सन्लग्नहरूको संख्यामा समेत वृद्धि भएको बुझिन्छ ।

Leave A Reply

Your email address will not be published.