Ultimate magazine theme for WordPress.

पानीले गर्दा फेटा चौकको अधिकान्स पसल डुबानमा

183

उमेश दुबे
बारा, ११ असार / करीब ३ महिनादेखी लक डाउनको मारमा परेका पसल सन्चालहरू हालको समयमा पानी पर्दा मारमा परेका छन । बजार समिती र स्थानीय जनप्रतिनिधिले पानीको बहावको निम्ति बनाइएको नाला प्रयोगमा नल्याएकै कारण व्यापार ब्यवसाय गरि बसेकाहरू मारमा परेका हुन ।
आज बिहानदेखी परिरहेको अबिरल बर्षाका कारण बाराको फेटा चौक स्थित रहेको अधिकान्स पसल डुबानमा परेको छ । पसलहरू डुबानमा परेको समस्याले स्थानीयहरू आजित भइसकेको बताएका छन । स्थानीय जनप्रतिनिधिलाई पटक पटक बजारको समस्या बारे बताइरहेपनी कुनै सुनवाइ नभएको पसल सन्चालकले दुखेसो पोखेका छन ।

Leave A Reply

Your email address will not be published.