Ultimate magazine theme for WordPress.

घाइते भएकी खातुनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्योहोनु पर्छ : युवा नेता चौधरी

317

पर्सा, २२ भाद्र / एसिड आक्रमणबाट घाइते भइ उपचाररथ पर्साकी मुस्कान खातुनको उपचारको पुर्ण जिम्मेवारी सरकारले लिनु पर्ने नेकपाका युवा नेता मनोज चौधरीले बताएका छन । युवा नेता चौधरीले यस अनलाइन सङ कुरा गर्दै एसिड आक्रमणबाट घाइते भएकी खातुनको उपचारमा लाग्ने खर्च सबै सरकारले ब्योहोर्नु पर्ने बताउनु भयो ।
गत शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले वीरगञ्जको गणेशमानचोकमा विद्यार्थी मुस्कान खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी १५ बर्सिय छोरी मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए । उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर उनलाई काठमाडौं ल्याइएको छ र कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
नेता यादवले भने “ एउटा निर्दोष बालिकामाथि यसरी आक्रमण गर्नु ठूलो अपराध हो” । यस्ता खालका घटना दिन दिनै बढेको अवस्था छ , प्रसारणले आफ्नो सुरक्षा ब्यवस्था अझ कडा बनाउन पर्छ , चौधरीले भने । प्रशासनले सुरक्षा ब्यवस्था कडा नगरे यस्ता घटनाहरू दोहोरिन सक्ने बताउनु भयो ।
एसिड प्रहार गर्ने दुई जना प्रहरीको नियन्त्रणमा रहेपनी उनिहरू माथी कडा कदम चाल्नु पर्ने बताए । यस्ता क्रियाकलाप गर्ने जोसुकैलाई पनि प्रशासनले कडा कारवाही गर्नुपर्ने बताए । यता घाइतेको स्थिती राम्रो हुदै गएपनी उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्योहोनु पर्ने युवा नेता मनोज चौधरीले बताए ।

Leave A Reply

Your email address will not be published.