Ultimate magazine theme for WordPress.

कुनैपनि हालतमा एसिड प्रहार गर्नेलाइ माफी नदिने – मातृका यादव

652

पर्सा, २२ भाद्र / बिरगंजमा एसिड प्रहारबाट घाइते भएकी मुस्कान खातुन सङ्ग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साह भेटेका छन् ।
कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा रहेकी खातुनलाई भेट्न पुगेका नेताद्वय यादव र साहले उनको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए । मन्त्री यादवले भने, “म पनि यही छु, पार्टीका प्रदेश अध्यक्ष प्रभु साह पनि यहि हुनुहुन्छ । हामी यस विषयमा चिन्तित छौँ र यसलाई गम्भीरता पूर्वक लिएका छौँ । उपचारका लागि कुनै चिन्ता लिनुहुँदैन ।”
मन्त्री यादवले थपे “हामीले बहिनी मुस्कान खातुनलाई भेट्यौं । एउटा निर्दोष बालिकामाथि यसरी जुन आक्रमण भएको छ यो ठूलो अपराध हो । यस्ता खालका अपराधमा संलग्नलाई कुनै पनि हालतमा माफ गर्न सकिदैन । हदैसम्मको कारवाही गरिन्छ ।” यस्ता खालका अपराध देशको जुनसुकै हिस्सामा हुने गरेको जीकिर गर्दै मन्त्री यादवले घट्नालाई जोडेर कुनै क्षेत्र विशेषलाई बदनाम नबनाउन आग्रह गरे । सांसद साहले दोषीलाई कानुनबमोजिम कडा कारवाही गरी यस्ता घटना रोक्नका लागि पहल गर्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.