Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी नायब निरीक्षक ठकुरीको भन्सार क्षेत्रमा तान्डव

529

उमेश दुबे
पर्सा, २२ भाद्र / नेपालकै आर्थिक नगरीको रूपमा मानिएको बिरगंज भन्सार कार्यालयको राजस्व गस्ती टोलिका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश चन्द ठकुरीले जबर्जस्ति पैसा असुली कार्यमा लागेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार सशस्त्र प्रहरी नायब निरीक्षक ठकुरीको बिरगंज भन्सार राजस्व गस्तीबाट सशस्त्र प्रहरी बल १३ नम्बर गण सरूवा भएपनी अड्डा जमाएर बसेका ठकुरी भन्सार क्षेत्रमा रकम असूली ब्यस्त रहेको पाइएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण सरूवा भएका सशस्त्र प्रहरी नायब निरीक्षक ठकुरीले माथिल्लो निकायको छत्र छायामा बिरगंज छेत्रमै करीब २ बर्ष बसिसकेको मध्ये एक हुन । सशस्त्र प्रहरी नायब निरीक्षक ठकुरी आफ्नो पावरको घुर्की लगाउदै भन्सार छेत्रबाट आफ्नो जिविकापार्जन चलाउनको निम्ति र घर खर्च लिएर आउने सर्वसाधारणलाई धाक धम्की देखाउदै रकम असुलि गरिरहेको सर्वसाधारण बताउछन । भारतको रक्सौलबाट खरिद गरि आफ्नो घर खर्चको लागि लिएर आइरहेको सर समानलाइ पक्राउ गर्ने धम्की दिदै आफू सङ ५ सय रूपैया लिएको सर्वसाधारण बताए ।
सशस्त्र प्रहरी बल संगठनले आफ्नो संगठन इमान्दारिता पूर्वक कार्य गरिरहेको ठोकुवा गरेपनी संगठनकै नीति निर्देशनलाइ खिल्ली उडाउदै सशस्त्र प्रहरी नायब निरीक्षक ठकुरी रकम उठाउन तल्लिन रहेको बुझिन्छ । भन्सार छेत्रमा सशस्त्र प्रहरी नायब निरीक्षक ठकुरी करीब २ बर्षदेखि अड्डा जमाएर बसेपनी माथिल्लो निकायले पुन: १३ नम्बर गणमा दरबन्दी पार्नु दुर्भाग्यको बिषय बनेको छ ।
सशस्त्र प्रहरी बल धेरै कम समयमा उचाइमा पुगेपनी सशस्त्र प्रहरी नायब निरीक्षक ठकुरी जस्तो प्रहरीले गर्दा समस्त सशस्त्र प्रहरी संगठनलाई नै बदनामीको सिकार हुनु परेको छ । सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ का प्रमुख डिआइजी राजु अर्याल आउनसाथ सीमा नाकामा कडाइ गरिएपनी यस्ता भाइरस हालको समयमा संगठनलाई समेत बदनाम गर्न पछि हटेका छैन्न । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.