Ultimate magazine theme for WordPress.

अवज्ञा तथा उल्लंघन गर्ने १६ जना बारा प्रहरीको फान्दामा

82

उमेश दुबे
बारा, १३ चैत ÷ नेपाल सरकारको निर्णय तथा जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा आदेशलाई पालना नगर्ने १५ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी भएको निषेधाज्ञा आदेशलाई पालना गराउने सिलसिलामा अवज्ञा तथा उल्लंघन गर्ने १६ जना व्यक्तिहरुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।
मुलुकमै लागु भएको लक डाउनको बेवास्ता गर्दै हिडडुल गर्नेहरुलाई बारा प्रहरीले पक्राउ गरी २०२० को दफा ३ अनुसार जनही १ सय रुपैया जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार निषेधाज्ञा आदेशलाई पालना गराउने सिलसिलामा ५१ वटा मोटरसाइकल, २ वटा ट्रक, १ थान ट्रयाक्टरका डकुमेन्ट तथा साधन समेत नियन्त्रणमा लिई जरिवाना गरी छाडिएको बताएको छ ।

Leave A Reply

Your email address will not be published.