Ultimate magazine theme for WordPress.

नेपाल प्रहरीको सेटिङ्ग मै छोकडा तस्करी, माथिल्लो निकाय मौन

285

उमेश दुबे
बारा, १३ चैत / बाराको छतवा नाका हुँदै नेपाल प्रहरीकै सहयोगमा तस्करीको कार्य तिब्र रूपले अगाडी बढेको पाइएको छ । सीमा प्रहरी चौकी छतवा नाका हुँदै प्रती दिन लाखौ बराबरको छोकडाको तस्करी भएपनी माथिल्लो निकाय मौन भएका हुन ।
सीमा प्रहरी चौकी छतवाका प्रमुख प्रहरी नायब निरीक्षक प्रमोद साहले मोटो रकमको नजराना बुझे पश्चात् तस्कर संगठनहरू छोकडाको तस्करी कार्यलाइ तिब्रता दिएको बुझिन्छ । प्रहरी नायब निरीक्षक साह मासिक ५० हजार र प्रती दिन ड्युटी खर्च बापत २ हजारको दरले रकम बुझे पश्चात् तस्करीको कार्य गर्न दिएको आफ्नो नाम नछाप्ने सर्तमा तस्कर श्रोतले जनाएको छ । छतवाको बरैनिया, खेखरिया लगायतको ठाउहरूबाट तस्करी कार्य तिब्र रूपले अगाडी बढेको बताइन्छ ।

रातिको समयमा नेपाल र भारतको सीमा लगायतको ठाउहरूमा सशस्त्र प्रहरीको ड्युटी हेरी तस्कर समुहलाइ सहयोग पुर्याउदै आएको समेत तस्कर श्रोतको दाबी रहेको छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका प्रहरी नायब निरीक्षक साह आफ्नो वर्दी र पावरको दुरुपयोग गर्दै शान्ती सुरक्षाको नाममा कमाइ खाने भाडो बनाएका छन । हाल बिश्वभरी फैलिएको कोरोना भाइरसको प्रकोपलाइ बेवास्ता गर्दै छोकडाको लाइन चलाउनुको साथै स्कटीङ्ग समेत गर्न पछि नहटेको स्थानीयले आरोप लगाएका छन ।
केही पैसाको लोभमा परि प्रहरी नायब निरीक्षक आफ्नो वर्दिलाइ बेच्ने गरेको प्रमाण समेत फेला परेको छ । शान्ती सुरक्षाको निम्ति बिभागले सीमा प्रहरी चौकी छतवामा प्रहरी नायब निरीक्षक प्रमोद साहलाइ पठाएपनी आफ्नो रवैया जस्ताको त्यस्तै राखेको बुझिन्छ । तसर्थ : यस्ता प्रहरी माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.