Ultimate magazine theme for WordPress.

भोकाहरुको भोक मेटाउने प्रयास

92

वीरगंज,१३ चैत / कोरोना भाइरस अर्थात कोविड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार मर्कामा पर्न थालेको छ ।
भाइरसको संक्रमणले भन्दा भोकका कारण धेरै परिवार मर्कामा पर्न थालेपछि वीरगंजमा सामाजिक संस्थाहरुले दैनिक ज्याला मजदुरी गरि खाने परिवारलाई सहयोग गर्ने अभियान थालेको छ ।
वीरगंज युवा समाजले रिक्सा, ठेला चलाएर गुजारा गर्ने ४० जनालाई खाद्यान्न स्वरुप पाउरोटी सहयोग गरेको छ ।
बसपार्क, पावरहाउस चोक, मुर्ली घण्टाघर लगायतका क्षेत्रमा पुगेर रिक्सा चालक तथा टेला चालकहरुलाई सहयोग गरेको संस्थाका अध्यक्ष कमल चौगाईँले बताउनुभयो ।
समाजले लक डाउन अवधिभर हरेक दिन भोका व्यक्तिको भोक मेटाउने प्रयास स्वरुप आजबाट सहयोगको अभियान थालेको पनि उहाँले बताउनुभयो ।
दैनिक काम गरि खाने व्यक्तिका परिवार अहिले समस्यामा रहेकाले हरेकले आफ्ना घर अगाडि कोही भोका व्यक्ति भेटे उनीहरुको भोक मेटाउन आवश्यक सहयोग गर्न पनि समाजले आग्रह गरेको छ ।
लक डाउनका बेला घरबाट ननिस्की कुनै एक जना भोको व्यक्तिको भोक मेटाउने प्रयासमा लागे ठूलो सहयोग हुने समाजका सचिव हेमन्त तामाङले बताउनुभयो । आफूहरुले गरेको सहयोग कुनै प्रचारबाजीका लागि नभई भोकाहरुको भोक मेटाउन गरिएको सामाजिक दायित्व अन्तर्गतको काम मात्रै रहेको पनि उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.