Ultimate magazine theme for WordPress.

लक डाउनको नाममा पर्सा प्रहरीद्वारा ज्यादती, सम्बन्धीत निकाय मौन

284

उमेश दुबे
पर्सा, १२ चैत / बिरगंज महानगरपालिका लगायत देशभरी नै जारी राखिएको लक डाउनको नाममा पर्सा प्रहरीको ज्यादती बढेको खबर प्राप्त भएको छ । समाचार संकलनको लागि खटिएका पत्रकार लगायत आम सर्वसाधारण माथी लक डाउनको नाममा पर्सा प्रहरीले ज्यादती गरेको बताइएको हो ।
आफ्नो जिउ ज्यानको प्रभाव नगरी जनताको हितमा काम गर्दै आएका पत्रकारले समाचार संकलनका लागि खटिएको बेला पर्सा प्रहरीले ज्यादती गरेको बताइन्छ । समाचार संकलन गरि घर फर्किरहेका पत्रकारलाइ अपशब्द प्रयोग गर्दै फिर्ता पठाइएको बताइन्छ । आफ्नो वर्दीको पावर हेराउदै पर्सा प्रहरीले गुन्डागर्दी शैलिमा सर्वसाधारण माथी लाठी प्रहार गरेको बताइन्छ ।
बिरगंजको विभिन्न ठाउहरूमा व्यापक रूपमा प्रहरी परिचालन गरेपनी नियम कानूनको धज्जी उडाउदै आफ्नो दबङ्गै हेराएको स्थानीयको आरोप छ । कोरोना भाइरसको त्रास कसलाइ छैन तर पेटमा भर्नको निम्ति केही समाग्री किन्न जादा प्रहरीको ज्यादती बढेको बिषयमा दु:ख ब्यक्त गरे । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्सामा खबर गरेपनी केही वास्ता नहेराएको उनले दुखेसो पोखे ।
बिरगंज लगायत देशभरी मै जारी रहेको लक डाउन र लक डाउनमा प्रहरीको ज्यादतीको बिषयमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सङ्ग बुझ्न खोज्दा वहाको मोबाइल उठेन । आखिर यो कोरोना भाइरसको बिषयमा बन्द भएको हो कि प्रहरीले दबङ्गै पारा हेराउन बन्द गरिएको हो भन्दै स्थानियले आक्रोश पोखे । आफुलाइ जिम्मेवार ब्यक्ती ठान्नेले बिरगंजवासीको जिउ ज्यानको साथ साथै चाहिने समाग्रीको बिषयमा समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।
नेपाल भरीकै सन्चार माध्यमले आफ्नो संस्थाको आइडी लिएर समाचार संकलन गर्न सकिने प्रावधान रहेपनी प्रहरीको ज्यादती सहनु परेको स्थानिय पत्रकारहरूले बताएका छन । देश भरी मै समाचारको माध्यमले सेवा गर्दै आएका पत्रकारहरूको कार्यमा हस्तक्षेप गर्नु प्रहरीको ज्यादती नभए अरू के नै हो भन्दै एक जना पत्रकारले दुखेसो पोखे । आफू सङ्ग आइडी कार्ड छ, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिलाइ कार्ड बताउदै समाचार संकलनमा निस्केको भने पश्चात् दुर्ववहार हुनु परेको बताए ।
नेपाल देश लगायत १९४ देशमा फैलिएको कोरोना भाइरसको त्रासको बिषयमा सबैलाइ अवगत हुदा हुँदै अकास्मिक स्तरमा चल्ने एम्बुलेन्स, प्रेसको गाडी माथी समेत रोक लगाउनु प्रहरीले गरेको निन्दनीय कार्य बाहेक अरू केही नरहेको बताइन्छ । तसर्थ यस बिषयमा आफुलाइ इमान्दार ठानिनेहरू र प्रमुख ठानिनेहरूको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.