Ultimate magazine theme for WordPress.

जनताले चाहे निर्वाचन अवश्य नै जित्छु : दुबे

42

बारा, १४ बैशाख / बाराको फेटा गाउपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका चन्देश्वर दुबेले जनताले चाहे बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा अवश्य नै जित हासिल गर्ने बताएका छन । बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपालि काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएका दुबेले जनताले चाहे मात्र चुनाव जित्न सक्ने बताएका हुन ।
फेटा गाउपालिकामा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनता सङ्ग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको चन्देश्वर दुबेले बताएका छन । यस पत्रीका सङ्ग दुबेले कुरा गर्दै बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए । आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पछ भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत बताउनु भयो ।
फेटा गाउपालिका इतिहास बदलेको गाउपालिका मध्ये एक रहेको दुबेले जिकिर गरे । फेटा गाउपालिकाका स्थानीयले आफ्नो पछमा रहेको दाबि गर्दै अगामि हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.