Ultimate magazine theme for WordPress.

नेपाली महिलालाई भारतमा बिक्रि गरेको ३२ बर्षपछि थापा पक्राउ

55

पर्सा, ७ बैशाख / दुई जना महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्रि गरेको कसुरमा कैद सुनाइएको थापा फरार भएपनि ३२ बर्षपछि पर्सा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बि.सं. २०४६ जेष्ठ १८ गते दुई जना नेपाली महिलालाई भारतको मुम्बई शहरको कोठीमा बिक्रि गरेको व्यहोराको अधारमा पर्सा जिल्ला अदालतले बि.सं. २०६१ साल चैत्र १४ गते १० बर्ष कैद र २५ हजार जरिवाना सजाय तोकिएपनि फरार रहेको थापालाई पर्सा प्रहरीले ३२ बर्षपछि नियन्त्रणमा लिन सफल भएको हो ।
पर्सा जिल्ला ठोरी गाविस वडा नम्बर ९ घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका वडा नम्बर ३ मा लुकिछिपी बसिरहेको ५७ बर्षिय बिष्णु वहादुर थापालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । घटना भएको ३२ बर्षपछि बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.