Ultimate magazine theme for WordPress.

कुनै मुद्दा देखाएर मुद्रा कमाउने पार्टी एमाले नरहेको पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले गरे ठोकुवा

93

पर्सा, २८ फागुन ÷ नेकपा एमाले कुनै मुद्दा देखाएर मुद्रा कमाउने पार्टी नरहेको पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले ठोकुवा गरेका छन । नेश्नल मेडिकल कलेज वीरगंजका कार्यकारी अध्यक्ष जैनुदिन अंसारीको छोरी बिहेको बहुभोजामा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले कुनैपनि मुद्दा देखाएर मुद्रा कमाउने पार्टी नेकपा एमाले नरहेको ठोकुवा गरेका हुन ।
बहुभोजको अवसरमा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी लगायत महानगरको १० वटा वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन । उक्त कार्यक्रममा नगर प्रमुख बिजय सरावगी, लगायत वडा नम्बर २५ का वडा अध्यक्ष विश्वराज पटेल, नागमणि उपाध्याय, मनोज कलवार, सजन अग्रवाल, बाबुराम कौशिक, ओमप्रकाश गुप्ता, राजु पटेल, दिलिप गुप्ता लगायत १० वटा वडा अध्यक्ष एमालेमा प्रवेश गरेका हुन ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले अब भ्रममा नपरी हाम्रो देश विकास गर्न मधेसको विकास हुन अवाश्यक रहेको बताउनु भयो । उहाले मुलुकको बिभिन्न ठाउहरुमा मात्र नगरी मधेस प्रदेशको विकासमा समेत अहम भुमिका खेलेको बताए । उहाले अब नेपाली जनता भ्रममा नपरी नेकपा एमाले पार्टी माथि विश्वास गरी अगाडी बढाए अगामी दिनमा शिक्षा, स्वास्थ्य लगायत विकासको सपना पुरा हुने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.