Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागु औषध गाजा बरामद

128

बारा, २८ फागुन / बाराको सनफुलवाबाट सशस्त्र प्रहरी बल नेपालले भारी मात्रामा लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लग्दै गरेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरीले भारी मात्रामा लागु औषध गाजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले बाराको सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवा नाकाबाट लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट टाउकोमा लागु औषध गाजा बोकी भारततर्फ गइरहेको क्रममा सीमा नाकामा खटिएको स्कवाड टोलीलाई देख्नसाथ तस्कर फरार भएपनि लागु औषध गाजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
करिब ४५ किलोग्राम लागु औषध गाजा रहेको र अवाश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बुझाउने तयारी गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.