Ultimate magazine theme for WordPress.

हिमालयन टेक्नोलोजीका संचालक जैश्वाल फरार

633

बारा २६ माघ / गत बिहिवार अर्थात माघ १८ गतेका दिन आन्तरिक राजश्व कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको सन्युक्त टोलिले हिमालयन टेक्नोलोजीमा छापामारी गरे पश्चात् संचालक जैश्वाल फरार भएका छन । बाराको महागढिमाइ नगरपालिका वडा नम्बर ५ स्थित संचालनमा रहेको हिमालयन टेक्नोलोजीमा छापामारी हुदा संचालक राजाबाबु जैश्वाल फरार भएका हुन । आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराले सन्युक्त रूपमा छापामारी गरि करोडौ बराबरको बिधुतीय चुरोट, हुक्का लगायतका समाग्री बरामद गरेको थियो । बरामद गरिएको समाग्री जफत गरि हिमालयन टेक्नोलोजी उधोगमा शिल गरे पश्चात् उधोगका संचालक राजाबाबु सम्पर्क बिहिन अर्थात फरार भएका छन । हिमालयन टेक्नोलोजीका संचालक राजाबाबु जैश्वाल मधेस प्रदेश सभा सदस्य शारदासन्कर जैश्वालका सन्तान रहेको बुझिन्छ । हिमालयन टेक्नोलोजीका संचालक राजाबाबु जैश्वाल बि.स. २०७८ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा महागढिमाइ नगरपालिकाबाट मेयर पदका उम्मेदवार समेत रहेको खुलेको छ । देशकै ठूलो शक्तिशाली पार्टीको रूपमा रहेको नेकपा एमालेबाट उम्मेदवारी दिई नेपाली काङ्ग्रेसका उम्मेदवार उपन यादव सङ्ग पराजित भएका थिए । जेष्ठ महिनामा हिमालयन टेक्नोलोजी उधोगलाइ प्यानमा दर्ता, मूल्य अभिवृद्धि करमा दर्ता र अन्त शुल्कमा दर्ता गरि संचालनमा ल्याएका थिए । तर उक्त उधोगबाट अबैध रुपमा बिधुतिय चुरोट भ्याक्सिन उत्पादन गरीरहेको प्रारम्भिक अनुसन्धानको क्रममा छापामारी गरीएको आन्तरिक राजश्व कार्यालय सिमराको प्रमुख राजकुमार खतिवडाले बताएका थिए । खतिवडाले उक्त उधोगमा अबैध चुरोटको भ्याक्सिन उत्पादन हुने गरेको र चालु आर्थिक बर्षमा मुल्य प्रतिशतको ३० प्रतिशत अन्त शुल्क दाखिला गर्नु पर्ने भएकोले उक्त अन्त शुल्क दाखिला नभएको बताउदै उधोगमा शिलबन्दी गरी अनुसन्धान प्रक्रिया शुरु गरीएको बताएका थिए । नेकपा एमाले पार्टीबाट निर्वाचनमा भाग लिएको कारण पार्टी र आफ्नो बुवा मधेश प्रदेश सभा सदस्य शारदाशँकर जैश्वालको दम्भले घटनालाइ मिलाउने प्रयास गरिएको श्रोतको दाबी रहेको छ । श्रोतका अनुसार नेकपा एमालेका साथै जसपाको उच्च अवधासम्मका नेताले संचालकलाई पक्राउ नगर्न तथा शिलबन्दी गरिएको उधोगलाइ संचालनमा ल्याउन दबाब दिएको आरोप लगाएका छन । उधोगमा शिलबन्दी गरीएको एक साता भित्रपनी कम्पनीका संचालक नआएको कारण फरार सुचिमै रहेको आन्तरिक राजस्व कार्यालय सिमराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.