Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी निरीक्षक देउजाकै मिलोमतोमा व्यापक तस्करी, माथिल्लो निकाय भने मौन

285

बारा, २२ जेष्ठ / बिगत लामो समयदेखि बन्द रहेको तस्करीको लाइन सशस्त्र प्रहरीकै मिलोमतोमा सुरु भएको पाइन्छ । सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीकै मिलोमतोमा बाराको मुसहर्वा नाका हुदै व्यापक रुपमा तस्करीको लाइन सुचारु भएको पाइएको हो ।
बिगत लामो समयदेखि बन्द रहेको ठुला वडा तस्करीका लाइन, पुनः बाराको मुसहर्वा नाका हुदै सुचारु भएको छ । कारण हो सशस्त्र प्रहरीको आर्थिक प्रलोभन । सशस्त्र प्रहरी बल नेपाल संगठनको नीति निर्देशन अनुसार कहिलेकाही तस्करीको लाइन खुल्ला नै गर्ने गरेको बारे मुसहर्वा नाकाबाट हुने गरेको तस्करीबाट प्रमाणित हुन्छ । ठुला वडा तस्करहरु सीमा नाकामा सल्बलाउनुले नै सांगठनीक तस्करी खुलेको बारे सहजै अनुमान पनि गर्न सकिन्छ ।
बोर्डर आउट पोष्ट बरैनियामा सशस्त्र प्रहरी निरीक्षक दिनेश देउजा आए दिनदेखि नै तस्करीको लाइन सुचारु भएपनि हालको समयमा ठुला वडा तस्करहरु सल्बलाउन थालेका छन । सशस्त्र प्रहरीको तर्फबाट ग्रिन सिग्नल पाउनसाथ ठुला वडा तस्कर गिरोहका नाइकेहरु मुसहर्वा नाकामा आफ्नो अड्डा नै जमाएको पाइन्छ । मुसहर्वा नाका हुदै कुख्यात कपडा तस्कर सरोज, सुरेन्द्र, भुषण, चन्दन, सकिल, छोटेलाल, मुरारी, साबिर लगायत दर्जनौ तस्कर गिरोह आफ्नो अवैध कार्य सुचारु गरेका छन भने हार्डवेयर तस्कर श्यामसुन्दर र राजु भनिनेले आफ्नो अवैध कार्य सुचारु गरेका छन । कपडा, हार्डवेयर, भैसी, चल्ला लगायत धान, गेहुको समेत तस्करी हुने गरेको स्थानीयहरु नै बताउछन ।
बाराको मुसहर्वा नाका तस्करको नाका भनेर समेत चिन्न थालिएको दुखेसो स्थानीयहरुको रहेको छ । स्थानीय नाम परिवर्तित रामचन्द्रका अनुसार बिगत केहि दिनदेखी बोर्डर आउट पोष्ट बरैनिया नाकाबाट हुने गरेको तस्करीको बिषयमा समाचार प्रकाशित हुन थालेपछि सशस्त्र प्रहरी निरीक्षक देउजा आफै तस्करीको मालसमान कटाउनमा व्यस्त देखिन थालिएको बताए ।
यता सशस्त्र प्रहरी निरीक्षक दिनेश देउजाको काला कर्तुतको बिषयमा पटक पटक समाचार सम्प्रेशन भएपनि माथिल्लो निकाय अर्थात सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डांगी र सशसत्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी दिपेन्द्र शाहले कारवाही प्रकृया अगाडी बढाउनुको साटो मौन धारण गर्नुले सांगठनीक रुपमै तस्करीको लाइन खुलेको बारे सहजै अनुमान गर्न सकिन्छ । तसर्थः तस्करी लाइनलाई आर्थिक आय आर्जनको प्रमुख बटम बनाउने सशस्त्र प्रहरीका कर्मचारीहरु माथि संगठनका प्रमुख आईजीपि राजु अर्यालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.