Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीको बारामा ग्रिन सिग्नल, सिम्रौणगढ नाकाबाट फस्टायो तस्करी

417

बारा, २१ जेष्ठ / बाराको ग्रामिण तथा पर्यटकीय स्थलको रुपमा मानिने सिम्रौणगढ नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा व्यापक रुपमा तस्करी बढेको पाइन्छ । सिम्रौणगढ र कचोर्वाको झरोखर नाकाको प्रयोग गर्दै ठुला बडा तस्करहरु आफ्ना अवैध धन्दा सुचारु गरेको पाइएको हो ।
बोर्डर आउट पोष्ट गोलागंज मातहतमा पर्ने कचोर्वाको बसवरीया, झरोखर, सिम्रौणगढ नाकाबाट व्यापक रुपमा तस्करीको कार्य अगाडी बढेपनि सशस्त्र प्रहरी रकममा लिप्त रहेका कारण मौन नै धारण गरेको पाइन्छ । सिम्रौणगढ नाका हुदै प्रति दिन करोडौका मालसमान अवैध तरिकाले आयात निर्यात भइरहेपनि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल नेपाल मौन नै धारण गरेको पाइएको हो । बारा जिल्लाको सीमा नाकाहरुबाट फस्टाउदै गएको तस्करीका कारण दैनिक करोडौको राजस्व गुम्दै गएको बेला सशस्त्र प्रहरी रकममा लिप्त हुनुले भागबन्डा माथिल्लो निकायसम्म पुग्ने गरेको बारे प्रष्ट हुन्छ ।
सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले सीमामा निगरानी बढाइएको र सादा पोशाकमा घुमुवा परिचालन नगरिएको दावी गरिरहेकै बेला, सीमाबाट तस्करी कार्य यथावतै रहेको र सादा पोशाकमा टोली परिचालन नै भएको पाइन्छ । जसका कारण संगठन प्रमुख आइजीपि अर्यालको देखाउने दात अर्कै र खाने दात अर्कै रहेको बारे प्रष्टयाउछ ।
यता सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डांगीले सीमा नाकामा मात्र घुमुवा परिचालन गराएका छैन्न, घुमुवाको माध्यम र स्थानीय बोर्डर आउट पोष्टकै माध्यमले तस्करीको रकम बुझने गरेको समेत खुलेको छ । सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालको बिश्वासिलो पात्रको रुपमा सशस्त्र प्रहरी उपरीक्षक मध्ये टोप बहादुर डांगीलाई समेत मानिने गरिन्छ । जसका कारण संगठनको नीति निर्देशनलाई धज्जि उडाएर पनि घुमुवा र तस्करीको ग्रिन सिग्नल दिने गरेको समेत बताइन्छ ।
बारा जिल्लाको बिभिन्न नाका हुदै व्यापक रुपमा तस्करी बढेको छ । तर सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी दिपेन्द्र शाहले समेत तस्करी नियन्त्रणको लागि खासै कदम चाल्न नसकेको देखिन्छ । जसका कारण जिल्लाका गणपति रकममा सिमित मात्र नभई प्रति दिन करोडौको मालसमान आयात निर्यात गर्नमा सहयोग नै पुरयाउदै आएको प्रष्ट बु्झन सकिन्छ ।

Leave A Reply

Your email address will not be published.