Ultimate magazine theme for WordPress.

वडावासिको सुख दु:खमा सधै तत्पर रहि काम गर्ने अध्यक्ष गुप्ताले गरे ठोकुवा

81

पर्सा, १५ जेष्ठ / वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का नवनिर्वाचित वडाअध्यक्ष सुरेश गुप्ताले पदभार सम्हालेका छन् । बिहिबार वीरगञ्जमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुको शपत ग्रहण समारोहमा शपत ग्रहण गरेपश्चात सोमबार पदभार सम्भालेका हुन । पूर्व वडा अध्यक्षले बिगत ५ बर्षदेखि आफ्नै निवासबाट कार्यालय सन्चालन गरेको हुदा वडा अध्यक्ष सुरेश गुप्ताले पदभार सम्भालेकै दिन मुर्लि १२ को सार्वजनिक स्थानमा कार्यालय स्थापना गरेको बताए । उहाले बिगत ५ बर्षदेखि निवासबाट वडा कार्यालय सन्चालन भएको हुदा कतिपय सर्वसाधारण मारमा पर्न गएकोले सार्वजनिक स्थानबाटै वडा कार्यालयको सन्चालन गरिएको बताए । बिरगंज महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेश गुप्ताले पदभार सम्भालेकै दिन यस अनलाइन सङ्ग कुरा गर्दै टोलको फोहर ब्यवस्थापन, शिक्षा, स्वास्थय र बिकाश निर्माणको निम्ति आफु पछाडी नहटने बताउनु भयो । उहाले अबका दिनहरूमा वडावासिलाइ कुनै किसिमको समस्या पर्दा वडा कार्यालयमा आउन सक्ने वतावरण बनि सकेकाले वडा कार्यालयमा पुगि आफ्ना समस्या राख्न सकिने बताउनु भयो । आफु जनताको हितको निम्ति, जनताको सुख, दुखमा सधै तत्पर रहि काम गर्ने वडा अध्यक्ष सुरेश गुप्ताले बताउनु भयो । पदभार कार्यक्रममा वडासदस्य दिपक डङ्गोल, रियाज अन्सारी तथा नेपाल बुधिजिवी परिषद पर्साका अध्यक्ष शम्भु प्रसाद गुप्ता, पुर्व सान्सद बिचारी यादव, ने.क.पा एमालेका प्रभु हजरा, जय प्रकाश थारु लगायतका नेता, कार्यकर्ता एवम् सयौ वडा वासिहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.