Ultimate magazine theme for WordPress.

सर्वोच्चको फैसला विकाश विरोधी भएको भन्दै निजगढमा मसाल जुलुसको प्रदर्शन

53

बारा, १५ जेष्ठ / सर्वोच्च अदालतको फैसला विकाश विरोधी र राष्ट्रिय हितको विपक्षमा भएको भन्दै निजगढमा स्थानीयहरुले मसाल जुलुसको प्रदर्शन गरेका छन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकृया वदर गर्ने सर्वोच्च अदालतको फैसला विकाश विरोधी र राष्ट्रिय हितको विपक्षमा भएको भन्दै फिर्ता लिनुपर्ने माग गर्दै सरोकार वाला युवाहरुले आइतवार साझ मसाल जुलुसको प्रदर्शन गरेका हुन ।
सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकृया वदर गर्ने निर्णय अविलम्ब फिर्ता लिनुपर्ने भन्दै मसाल जुलुसको प्रदर्शन गरिएको छ । सर्वोच्च अदालतले विकाश विरोधी र राष्ट्रिय हितको विपक्षमा गरेको निर्णय फिर्ता नलिए भ्यावह स्थित आउन सक्ने भन्दै मसाल जुलुसमा सहभागी प्रदर्शनकारीहरुले चेतावनी समेत दिएका छन ।

Leave A Reply

Your email address will not be published.