Ultimate magazine theme for WordPress.

युवा जनशक्ति नेपालद्वारा प्रमुख जिल्ला अधिकारी सापकोटाको बिदाई

326

राजु चौरसिया
बारा, २ माघ / जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी सापकोटालाई युवा जनशक्ति नेपालले सम्मान तथा बिदाई गरेको छ । सरुवा भई गृहमन्त्रालय जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई दोसल्ला ओढाई सम्मान तथा बिदाई गरिए्रको हो ।
युवा जनशक्ति नेपालले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित तेलि सदन भवनको सभा हलमा आयोजना गरेको सम्मान तथा बिदाई कार्यक्रममा ११ महिनाको अवधीसम्म प्रमुख जिल्ला अधिकारी सापकोटाले जिल्लाको हकमा अतुलनीय योगदान पुरयाएको भन्दै प्रशंसा गरिएको थियो । जिल्लाको शान्ति सुरक्षाका साथै जिल्लामा हुने अवैध कृयाकलाप नियन्त्रण गर्न उल्लेखनीय योगदान गरेको भन्दै दोसल्ला ओढाई युवा जनशक्ति नेपालले सम्मान तथा बिदाई गरेको थियो ।
सम्मान तथा बिदाई कार्यक्रममा पुर्व संविधान सभा सदस्य प्रमोद गुप्ता, आत्माराम साह, बारा क्षेत्र नम्बर –३ ख का पुर्व प्रदेश सभ सदस्य पारस प्रसाद साह, नेपाली कांग्रेस बाराका जिल्ला सचिव राजेश रौनियार, नेकपा माओवादी केन्द्र बाराका नगर अध्यक्ष मुकेश साह र नेपाली कांग्रेस मधेस प्रदेश संगठनका विभागीय सदस्य राजेश सिंह लगायतकाले सम्बोधन गरेका थिए ।
त्यस्तै उक्त कार्यक्रममा हलखोरिया साझेदारी वन व्यवस्थापन उपभोक्ता समिति बाराका अध्यक्ष विकल्प भट्टराइ, जसपा नेपाल पार्टी बाराका युवा नेता सुशील यादव, कलैया उप—महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष अशोक तिवारी, तरुण दल बाराका पुर्व अध्यक्ष चन्द्रिका गुप्ता, नेपाली कांग्रेस बाराका राकेश पाण्डे, प्रवीण सिंह, श्याम पाण्डे, समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डे, विभिन्न दलका प्रतिनिधि तथा सन्चारमर्कीहरु लगायतको उपस्तिथि रहेको थियो ।
युवा जनशक्ति नेपालका अध्यक्ष जयराम पन्डितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा रहनु भएका थिए भने कार्यक्रमलाई सम्बोधन गर्दै युवा जनशक्ति नेपालका अध्यक्ष जयराम पन्डितले प्रजिअ सापकोटालाई अगामी कार्यालयको सफल शुभकामना समेत दिदै बिदाइ गरेका हुन ।

Leave A Reply

Your email address will not be published.