Ultimate magazine theme for WordPress.

भारतीय चामल सहितको पिकअप पर्सा प्रहरीको नियन्त्रणमा

109

पर्सा, २६ फागुन / भन्सार छलि गरी नेपाल भित्रयाइएको भारतीय चामल सहितको पिकअप पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय चामल लोड गरी अवैध तरिकाले नेपाल भित्रयाइएको बिशेष सूचनाको आधारमा पर्सा प्रहरीले भारतीय चामल सहितको पिकअप पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधवार अन्दाजी साझ करिब ७ बजेको समयमा वीरगंज महानगरपालिका वडा नम्बर ११ रानिघाट सडक खण्डबाट भारतीय चामल सहितको पिकअप गाडी नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । प्रदेश ०३–००१ च ०५२२ नम्बरको पिकअप गाडी रोकी चेक जा“च गर्ने क्रममा सूचना अनुरूपनै भन्सार छली गरी ल्याइएका चामलफेला परेको हु“दा उक्त पिकअप र सोमा लोड रहेको चामल ११८ बोरा नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको भारतीय चामल र पिकअप करिब ११ लाख बराबरको रहेको र अवाश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.