Ultimate magazine theme for WordPress.

ट्राफिक प्रहरी सहायक निरीक्षक सुवेदीको असुली धन्दा

328

पर्सा, २३ जेष्ठ / ट्राफिक प्रहरीको लागी एक मात्र कमाई खाने अड्डाको रुपमा मानिने ड्राइपोर्ट क्षेत्रमा प्रहरी सहायक निरीक्षक दिपेश सुवेदीले आफ्नो आर्थिक कलेक्सनको अखडाको रुपमा परिणत गरेका छन । ड्राइपोर्ट स्थित रहेको ट्राफिक पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक सुवेदीले ट्राफिक नियमको पालना नै नगरी आफ्नो वर्दी र संगठनको नीति निर्देशनलाई लत्याउदै आफ्नो कमाई खाने भाडोको रुपमा ड्राइपोर्ट क्षेत्रलाई रुपान्तरण गर्न सफल भएका हुन ।
ट्राफिक प्रहरी प्रदेश नम्बर २ कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको निर्देशनलाई समेत बेवास्ता गर्दै आफ्नो कमाई खाने अखडाको रुपमा ड्राइपोर्ट क्षेत्रलाई प्रयोग गर्दै आएको एक घटनाले प्रमाणित समेत गरेको छ । भारतबाट नेपाल भित्रिने मालबाहक सवारी साधनबाट दैनिक लाखौ रुपैया ट्राफिक प्रहरीले उठाउने गरेका छन । नेपाल भित्रिने मालबाहक ट्रकहरुबाट दैनिक रुपमा ट्राफिक प्रहरीले लाखौ रकम असुल गर्ने गरेतापनि माथिल्लो निकायको मौनताले ठुलो प्रश्ण चिन्ह खडा गरेको छ ।
भारतीय सवारी साधन चालकहरुलाई डर त्रास देखाउदै ट्राफिक प्रहरीले आर्थिक कलेक्सनमा तिब्रता दिएपनि सुवेदीको राम्रो पहुच भएकै कारण केही हुन नसकेको ट्राफिक प्रहरी श्रोतले नै जनाएको छ । श्रोतका अनुसार बिगत केही हप्तादेखी बिभिन्न संचार माध्यममा ट्राफिक प्रहरी सहायक निरीक्षक दिपेश सुवेदीको बिषयमा उजागर भइरहदापनि केही कारवाही नहुनुले पहुच भएकै बारे प्रष्ट भएको बताए ।
भारतीय सवारी साधनका चालकहरुलाई बिभिन्न किसिमको डर त्रास देखाउदै भारतीय चालकहरुलाई लुटिदै आएका ट्राफिक प्रहरीको बिषयमा यस अनलाइनले समेत समाचार उजागर पारेको थियो । तर ट्राफिक प्रहरी सहायक निरीक्षक सुवेदीको रवैया बदलिनुको साटो झन आर्थिक कलेक्सनमा तिब्रता दिएका कारण माथिल्लो निकायसम्मको सेटिङ रहेको बारे प्रष्ट हुन्छ । तसर्थ ः यस बिषयमा सम्बन्धित निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.