Ultimate magazine theme for WordPress.

जितपुर क्षेत्रमा प्रहरी घुमुवा यादवको चर्तिकला

199

बारा, २२ जेष्ठ / सशस्त्र प्रहरी बल नेपाल संगठनले सुचनाको निम्ति खटाइएका सादा पोशाकको टोलीलाई फिर्ता बोलाएपनि नेपाल प्रहरी संगठनमा उक्त नियमको पालना नगरी व्यापक रुपमा सादा पोशाकमा टोली परिचालन गर्ने गरिएको पाइएको छ । बारा जिल्लाको हकमा भन्ने हो भने प्रत्येक प्रहरी चौकी एक जना सादा पोशाकमा टोली परिचालन गर्ने गरेको पाइएको हो ।
सादा पोशाकमा खटाइने प्रहरीहरुको काम मात्र आर्थिक चलखेल गर्नु बाहेक अरु केही हुदैन । इलाका प्रहरी कार्यालय जितपुर बाराबाट समेत घुमुवा परिचालन गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी हवलदार लगनदेव यादवलाई सादा पोशाकमा परिचालन गरी कारोवारीहरु संग समेत रकम असुली गरिएको गुनासो आउन थालेको छ । प्रहरीको काम कर्तव्य विपरीत घुमुवा प्रहरीले मासिक रुपमा रकम उठाउदै आएको एक पसल संचालक बताउछन ।
एक कपडा पसल संचालकका अनुसार अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई पाएको छ । आफुलाई पटक पटक इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको लगनदेव यादवले डराउने र धमकाउने गरेको कारण आफु मासिक रुपमा ५ हजारको दरले रकम दिने गरेको गुनासो यस अनलाइनलाई सुनाए । उहाले आफ्नो नाम गोप्य राख्ने सर्तमा प्रहरी संग आजित हुनेमा एक्लै आफु नरहेको बताए । जितपुर बजारमा संचालन गरेका कपडा पसल संचालकहरुले दैनिक रुपमा प्रहरीको काम कारवाहीका कारण आजित बन्दै आएको बताए ।
यता प्रहरी हवलदार लगनदेव यादवले मात्र कपडा पसल संचालक संग रकम असुली गर्दैन्न, उनले बारा र पर्सा जिल्लाको सीमाबाट भित्रिएको मालसमान ढुवानीकर्ताहरु संग समेत रकम असुली गरेको एक प्रहरी श्रोतले जनाएको छ । श्रोतका अनुसार इलाका प्रहरी कार्यालय जितपुरका प्रमुखदेखी इलाका प्रहरी कार्यालय सिमराको नाममा समेत रकम उठाउदै आएको बताए । माथिल्लो निकायको आर्शिवादले सादा पोशाकमा परिचालन भएका यादवको काम मात्र आर्थिक कलेक्सन बाहेक केही नरहेको, उनले बताए ।
बारामा बढ्दै गएको चोरी तस्करीका साथ साथै अपराधीक कृयाकलापमा निगरानी बढाउनुको साटो आर्थिक चलखेलमै सादा पोशाकको टोली सिमित हुने गरेको पाइन्छ । तसर्थः यस्ता गैर जिम्मेवार तरिकाले काम गर्ने प्रहरीहरु माथि माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.