Ultimate magazine theme for WordPress.

चोरीको समाग्री सहित महतो पक्राउ

149

पर्सा, १० आश्विन / बिरगंज महानगरपालिका भित्र चोरीको क्रम बढेकै बेला पर्सा प्रहरीले चोरी गर्ने क्रममा एक जनालाइ पक्राउ गर्न सफल भएको छ । बिरगंज महानगरपालिका वडा नम्बर १२ ब्रम्हचौकबाट चोरीको नगद, क्यामरा र मोबाइल सेट सहित पर्सा प्रहरीले महतोलाइ पक्राउ गरेको हो ।
आज बिहान करीब ३ बजेको समयमा बिरगंज महानगरपालिका वडा नम्बर १२ ब्रम्हचौक नजिकै चोरी भएको र चोरिको समान सहित महतोलाइ नियन्त्रणमा लिन सफल भएको प्रहरी निरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक मल्लका अनुसार वडा नम्बर १२ मुर्ली बस्ने रामेश्वर महतोको २० बर्सिय छोरा अमित कुमार महतोले प्रहरी हेर्नसाथ भाग्न खोजेको र खानतलासी गर्दा चोरीको समाग्री सहित नियन्त्रणमा लिन सफल भएको बताउनु भयो । नियन्त्रणमा राखिएको महतो माथी अवाश्यक कारवाही अगाडी बढाइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.