Ultimate magazine theme for WordPress.

काब्रा ग्रुपको गाडीबाट अबैध तरिकाले नेपाल भित्रिएको कपडा बरामद

556

उमेश दुबे
पर्सा, ८ आश्विन / नेपालकै आर्थिक नगरी बिरगंज भन्सार कार्यालयको अगाडीबाट भित्रिएको पेपर बोकेको भारतिय ट्रकबाट कपडा बरामद भएको छ । काब्रा ग्रुपको भारतिय गाडीबाट करीब ४० लाख बराबरको अबैध कपडा बरामद भएको हो ।
भारतबाट नेपाल भित्रिने जेके कपियर नामक पेपर बोकेको भारतिय टकमा कपडा लोड भएको सूचनाको आधारमा सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले बिरगंज भन्सार हुँदै नेपाल भित्रिदै गरेको अवस्थामा रजतजन्ती चौकबाट बरामद गरेको थियो । सशस्त्र प्रहरी बलले पक्राउ गरेको ओ आर १४ एक्स २१९६ नम्बरको भारतिय ट्रकलाई सोही दिन अवाश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको थियो ।
काब्रा समुहका ठूलो ब्यपारी प्रमोद काब्राले धेरै बर्षदेखि भित्रियाउदै आएका जेके कपियर पेपर बोक्ने ट्रकमा एजेन्टकै माध्यमले कपडा तस्करी हुँदै आएको यसै घटनाले उजागर पारेको छ । काब्रा ग्रुपको नामले भित्रिने गाडीहरू न त भारतको कस्टममै चेक हुन्छ न त नेपालको भन्सारमै, कारण हो रकमी चलखेल । एउटै एजेन्ट नन्दकिसोर मलको माध्यमले बर्शौदेखि कागजी प्रक्रिया अनुसार मात्र चेकजाच हुने गरेको र ट्रक भित्र कपडा तस्करी हुने गरेको रहस्य खुलेको हो ।
एजेन्ट नन्दकिसोर मल भारतिय नागरिक भएपनी नेपालको मोरङ्गबाट नागरिक्ता लिन सफल भएको र ठुला वडाको आशिर्वादले नेपाल र भारत दुबै देशको एजेन्टको काम गरि करोडौ आर्जन गर्न सफल भएका छन । दुइ नम्बर कामको लागि ख्याती कमाइ सकेका एजेन्ट नन्दकिसोर मलको भन्डाफोर सशस्त्र प्रहरी बलले समातेको भारतिय ट्रकले गर्दा उजागर भएको हो । काब्रा समुहको एजेन्ट भनेर चिनिने मलको वास्तविक्ता ट्रक भित्र सेटिङ्गमा तस्करी गराउनु हो । नेपालकै ढुकुटी भनेर चिनिने बिरगंज भन्सार कार्यालय भित्र छिरेको काब्रा समुहको गाडीलाई चेकजाच नै नगराइ रकमको भरमा मात्र कागजी प्रक्रिया बनाउन सफल भएका एजेन्ट नन्दकिसोर मलको भन्डाफोर भएको छ ।
यता एक जना श्रोतका अनुसार सशस्त्र प्रहरी बलले पक्राउ गरेको काब्रा समुहको भारतिय गाडीलाई छुटाउन प्रमोद काब्रा लागि परेको बताएका छन । प्रहरीले पक्राउ गरेको भारतिय गाडी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा राखिएपनी कारवाहीको नाममा समेत आर्थिक चलखेल रहेको बताएका छन । आर्थिक चलखेलका कारण राजस्व अनुसन्धान कार्यालय पथलैयामा पुगेका प्रमोद काब्रा र एजेन्ट नन्दकिसोर मललाई छोडिएको र चालकलाइ मात्र नियन्त्रणमा लिएको श्रोतको दाबी रहेको छ ।
बिरगंज भन्सारबाट भित्रिने अधिकान्स ट्रकहरू मार्फत तस्करी हुने गरेको कुनै नौलो कुरो होइन, कारण हो एजेन्ट र तस्कर संगठनको सेटिङ्ग । बिरगंज भन्सार कर्मचारी समेतको सेटिङ्गमा एजेन्टहरूले गराइरहेको यस्तो तरिकाको तस्करी माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.