Ultimate magazine theme for WordPress.

गल्ती गर्ने ट्राफिक प्रहरीलाई कडा कारवाही गर्ने आइजिपी खनालको चेतावनी

333

उमेश दुबे
पर्सा, ३ श्रावण / नेपाल प्रहरी संगठनका प्रमुख आइजिपी सर्बेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीलाई कडा कारवाही गरिने चेतावनी दिनु भएको छ । काठमान्डौमा नेपाल यातायात रास्टृय महासंघले आयोजना गरेको एक कार्यक्रमका बिच आइजिपी खनालले सम्बोधन गर्दै कुनैपनी ट्राफिक प्रहरी आफ्नो संगठनको नीति निर्देशन विपरित कार्य गर्नेलाइ कडा कारवाही गरिने बताउनु भएको हो ।
जनताको लागि नि:शुल्क सेवा दिन बसेको प्रहरी संगठनले गल्ती गरे कडा कारवाही गरिने बताउनु भयो । उहाले आफ्नो संगठन प्रती इमन्दार रहि सबै ट्राफिक प्रहरीलाई काम कारवाही गरिने बताउनु भयो । आइजिपी खनाल आफ्नो कार्यकालमा ट्राफिक प्रहरी लगायत कसैले गलत कार्य गरे कडा कारवाही गरिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.