Ultimate magazine theme for WordPress.

अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको अध्यक्षमा उप्रेती

188

सिओल (दक्षिण कोरिया), माघ १७ : अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरिया शाखाको प्रथम अधिवेशनबाट रमेश उप्रेती अध्यक्षमा चुनिएका छन्। आइतबार दक्षिण कोरियाको सिओलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सुरेन्द्र बजगाईं, महासचिवमा पिटर कुमार श्रेष्ठ र सचिवमा यज्ञमूर्ति पोखरेल निर्वाचित भएका छन्।

अधिवेशनमा सहभागी हुन कोरिया पुगेका कार्यक्रमका प्रमुख अतिथी नयाँ शक्ति पार्टी नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्तिप्रति देश र विदेशबाट आकर्षण बढ्दै गएको बताउँदै सबै मिलेर संगठन विस्तारमा लाग्नुपर्ने बताए।

उनले नयाँ शक्ति पार्टीले बोकेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा देश, विदेशबाट जनसमर्थन जुट्दै गएकोप्रति खुसी व्यक्त गर्दै त्यसका लागि सबै युवाहरु सक्रिय भएर लाग्नुपर्ने बताए।

पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका सबैलाई धन्यवाद दिए। उनले अबको देशको विकास र समृद्धिका लागि युवाशक्ति सक्रियतापूर्वक उठ्नुपर्ने बताए।

कार्यक्रममा नयाँ शक्ति पार्टी प्रवास प्रादेशिक परिषद्का सहसंयोजक शंकर भण्डारी, नेपाल प्रेस सोसाइटीका प्रल्हाद पोखरेललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि दबाब सिर्जना गर्न भन्दै हस्तारक्षर संकलनसमेत गरिएको थियो।

Leave A Reply

Your email address will not be published.