Ultimate magazine theme for WordPress.

दाल कालोवजारी गर्ने शर्मा सहित ३ जना बारा प्रहरीको फान्दामा

1,099

उमेश दुबे
बारा, ७ बैशाख ÷ बाराको सदरमुकाम कलैया उपमहानगरपालिका भित्र राहत बितरणको नाममा भ्रष्टाचार भएको आरोप प्रत्यारोप भइरहेकै बेला बारा प्रहरीले दाल कालोवजारी गर्ने शर्मा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बारा प्रहरीले दाल कालोबजारी गरेको आरोपमा वीरगन्ज स्थित धन लक्ष्मी दाल मिलका संचालक तेजकरण शर्मा सहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
संचालक शर्मालाई शनिवार सांझ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कलैयाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ । कलैया स्थित यादव कोल्ड स्टोरमा राखिएको खान अयोग्य दाल राहतमा वितरण गरेको गुनासो पछि प्रहरीले दाल नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीले कालोबजारी ऐन अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको हो । अहिले सम्म प्रहरीले तीनजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका धन लक्ष्मी दाल मिलका संचालक शर्मालाई रिहा गर्न बाराका केही नेता प्रहरीलाई दबाब दिईरहेको प्रहरी स्रोतले जनाएको छ । शर्मालाई हिरासत मुक्त गराउन उद्योग वाणिज्य संघ बाराका केही पदाधिकारी समेत प्रहरीलाई दबाब दिईरहेको प्रहरी स्रोतको दाबी छ । दाल कालोबजारी मुद्दामा केही जनप्रतिनिधि, केही कर्मचारी लगायतलाई प्रहरीले कानुनी दायरामा ल्याउने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.