Ultimate magazine theme for WordPress.

३५ जना किशोरीहरुलाई शैक्षिक सामग्री वितरण

45

बारा, ३ चैत्र / सखी संस्थाको आयोजना तथा Girls Opportunity Alliance को आर्थिक सहयोगमा फेटा गा पा वडा नं १ मा संचालित परियोजना Empowering Marginalized Girls of Pheta Rural municipality Project अन्तर्त ३५ जना किशोरीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। किशोरी हरुलाई कपी, कलम, पेन्सिल, स्केच पेन आदि सामग्री वितरण गरिएको थियो। वितरण कार्यक्रमको अध्यक्षता सखी संस्थाको अध्यक्ष मधु कुशवाहाको रहेको थियो भने अतिथिमा सखी संस्थाकी कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहा, कार्यक्रम अधिकारी विक्की महतो, समाजसेवी शिवशंकर कुशवाहा लगायतको किशोरीका अभिभावकहरुको उपस्थिति रहेको थियो। किशोरीहरुलाई कुनै पनि बहानामा शिक्षाबाट वञ्चित राख्नु हुँदैन, भगवानले हामीलाई छोरा छोरी दुवैलाई समान रूपमा बनाएकोले छोरा र छोरी दुवैलाई बराबर शिक्षा दिनु पर्ने कुरा अभिभावक समक्ष अनुरोध गरेका थिए। हामीले यो सानो सहयोग यी किशोरी हरुलाई प्रदान गर्दा खुशी महसुस गर्दै छौ साथै तपाईं अभिभावकलाई मुरी मुरी धन्यवाद कि तपाईंहरू अा आफनो छोरीलाई यहाँ सम्म शिक्षा दिइरहनु भएको छ। त्यस्तै समाजमा छोरालाई बढी प्राथमिकतामा राखी बोर्डिङ स्कुल पढाउने तथा छोरीलाई सरकारी स्कुलमा पनि नपढाउने चलनले पनि छोरीहरू काविल बन्न नपाई परिवार गरिबको रेखाभन्दा बाहिर निस्कन नसकेको यथार्थ संस्थाकी अध्यक्ष मधु कुशवाहाले आफ्नो मन्तब्यमा राखिन्।

Leave A Reply

Your email address will not be published.