Ultimate magazine theme for WordPress.

बारा डिस्टिलरीले उत्पादन गरेको शिल प्याक मदिराको बोतल भित्र लेदो र मरेको माकुरो बरामद

129

बारा, १० चैत्र / बारा डिस्टिलरीले उत्पादन गरेको मदिरा भित्र मरेको माकुरो सहित लेदो नै लेदो भरिएको बोतल बरामद भएको छ । हिन्दुहरुको महान पर्व होलीको मुखमा बारा डिस्टिलरीले डर लाग्दो मदिरा उत्पादन गर्दा सर्वसधारणको जिउधन संग खेलवाड गर्दै आएको रहस्य बाहिरिएको हो ।
बिश्रामपुर गाउपालिका वडा नम्बर ५ स्थित संचालनमा रहेको बारा डिस्टिलरीले अवैध तरिकाले गर्दै आएको मदिराको कारण सर्वसधारणको जिउधन संग ठाडै खेलवाड गरिएको बुझिन्छ । बारा डिस्टिलरीले उत्पादन गरेको ब्लू लभ नामक मदिराको बोतल मात्रै नक्कली नभइ, त्यसमा लेदो नै लेदो भरिएको शिल प्याक मदिरा यस अनलाइनले बरामद गरेको छ । गोल्डेन आके ब्राण्डको शिशि प्रयोग गरी ब्लू लभ नामको शिल लगाई बजारमा बिक्रि बितरण हुदै आएको छ भने रोयल स्टेजको बोतल भित्र रोयल सर्ट नामक मदिरा, बारा डिस्टिलरीले उत्पादन गर्दै आएको रहस्य बाहिरिएको छ ।
त्यति मात्र नभई बारा डिस्टिलरीले रसियन नामक मदिरा भित्र मरेको माकुरो नै बरामद भएको अवस्थामा, सम्बन्धीत निकायको मौनताले गम्भीर प्रश्ण खडा गरेको छ । बिश्रामपुर गाउपालिका क्षेत्रको जनताको जिउधन संग बारा डिस्टिलरीले गरिरहेको खेलवाडको बिषयमा स्थानीय सरकार मौन नै धारण गरेको छ । बारा डिस्टिलरीले उत्पादन गरिरहेको मदिराको चर्तिकलाको बिषयमा माई टेलिभिजनबाट प्रशारण हुने भण्डाफोर कार्यक्रम मार्फत उजागर गरेपनि स्थानीय निकाय केहि चासो नदेखाउनुको कारण बारे प्रश्ण खडा भएको छ ।
बारा डिस्टिलरीका संचालक अजय प्रजापति मिसन २०८४ अन्तर्गत स्थानीय चुनावमा अध्यक्ष पदको तयारी गरिरहेका छन । अजय प्रजापति गलत तरिकाले भएपनि पैसा कमाउने दाउमा लागेको यस घटनाले पुष्टि समेत गरेको छ । एकातिर जनता सेवामा होमिएका प्रजापति त्यही क्षेत्रका जनताको जिउधन संग खेलवाड गर्दै आएको बारे यस कार्यले प्रमाणित समेत गरेको छ । यस बिषयमा बारा डिस्टिलरीका संचालक अजय प्रजापति संग बारम्वार प्रतिकृया लिन खोज्दा प्रतिकृया दिन मानेन्न । अब यहा कुरा उठछ ः जनता सेवाको नामले प्रचारवाजी गराउने संचालक अजय प्रजापति, जनताको मर्म के बुझलान ?
यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले उजुरी सहित प्रमाण पेश गरे डिस्टिलरीलाई सिल गरी कानुनी प्रकृया अगाडी बढाइने बताएका छन । उनका अनुसार गलत तरिकाले मदिरा उत्पादन गर्ने र गलत कृयाकलाप गर्ने जोकोहि भएपनि कानुनी दायरामा ल्याउने उहाले ठोकुवा गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.