Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा १९ लाखको सरसमान बरामद

337

उमेश दुबे
पर्सा, ७ फाल्गुन / पर्साको श्रीसिया नाकाबाट सशस्त्र प्रहरीले १९ लाख बराबरको कपडा, हार्डवेयर लगायत सरसमान पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट श्रीसियाबाट खटिएको सशस्त्र प्रहरीको टोलिले १९ लाख बराबरको मालसमान पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलका अनुसार ६ महिनामा करीब १९ लाख बराबरको मालसामान पक्राउ गरि भन्सार दाखिला गरेको बताउनु भयो । खुल्ला सीमाको फाइदा उठाउदै नेपालबाट भारत र भारतबाट नेपाल अबैध तरिकाले आयत निर्यात गर्ने तस्करहरूलाइ तह लगाउनको निम्ति बोर्डर आउट पोस्ट श्रीसियाबाट खटिएको टोलिले करीब १९ लाख बराबरको मालसामान पक्राउ गरि भन्सार दाखिला गरेको सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले यस अनलाइन सङ्ग कुरा गर्दै आफ्नो संगठनको नीति अनुरूप प्रहरी परिचालन गरेको र ६ महिना नबित्दै करीब १९ लाख बराबरको अबैध मालसामान पक्राउ गरि भन्सार दाखिला गर्न सफल भएको बताउनु भयो । उहाले सशस्त्र प्रहरी बलको प्रमुख दायित्व सीमा सुरक्षा भएकोले सीमा, तस्करी र शान्ती सुरक्षा लगायतमा निगरानी बढाइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.