Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बलले बरामद गर्यो लाखौ बराबरको कपडा

265

उमेश दुबे
पर्सा, ७ फाल्गुन ÷ सशस्त्र प्रहरी बलले लाखौ बराबरको कपडा बरामद गरेको छ । भारतको रक्सौलबाट खरिद गरी अवैध तरिकाले नेपाल भित्रयाइरहेको अवस्थामा सशस्त्र प्रहरी बलले लाखौ बराबरको कपडा बरामद गरेको हो ।
वीरगंज भन्सार राजस्व गस्ति टोलीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ इदगाह चौकबाट अवैध तरिकाले नेपाल भित्रयाइरहेको कपडा बरामद गर्न सफल भएको छ । आज बिहान करिब साढे ६ बजेको समयमा वीरगंज भन्सार राजस्व गस्ति टोलीका प्रमुख डिएसपी अमर खत्रीको निर्देशनमा परिचालन भएको मोवाइल टोलीले १ लाख २२ हजार बराबरको कपडा बरामद गरेको हो । भन्सार छलि गरी नेपाल भित्रयाइरहेको सूचना पाउनसाथ परिचालन गरिएको टोली हेर्नसाथ तस्करहरु फरार भएपनि अवैध रुपमा भित्रयाइएको कपडा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिनुभयो । बरामद गरिएको कपडा आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खत्रीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.