Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा भन्सार अबैध छलीका सामानहरु बरामद

192

बारा, ११ भाद्र / सशस्त्र प्रहरी बाराले भन्सार छली ल्याउदै गरेको अवस्थामा करीब २ लाख बराबरको मालसामान पक्राउ गर्न सफल भएको छ । बुधबार साझ करीब ४ बजेको समयमा तेलकुवा र सिम्रौणगढको इलाकाबाट गाडी मोबाइल टोलिले २ लाख बराबरको मालसमान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले भारतबाट अवैध रुपमा भन्सार छली पैठारी गरी ल्याईएका विभिन्न प्रकारका लत्ता कपडा, मल, खाद, चिनी र ईलेक्ट्रोनिक सामानहरु सहित साईकल २ थान समेत बरामद गरेको जानकारी दिनुभयो । उहाले बरामद गरिएको मालसमान अवाश्यक कारवाहीका लागि बिरगंज भन्सार दाखिला गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.