Ultimate magazine theme for WordPress.

कष्टकर जिवन बिताइरहेका जनताको सेवाको निम्ति लागी परे नेता सिंह

183

उमेश दुबे
पर्सा, १३ भाद्र ÷ मुलुक लगायत विश्व व्यापी फैलिएको कोरोना भाइरसको समयमा नेपाल सरकारले जारी गरेको लक डाउनमा गरिब, असहाय निमुखाहरुको जिविका पार्जन चलाउन कठिन रहेको स्थितमा केही सहयोगी हातहरु अगाडी बढाएका छन । नेपाल सरकारले गरेको लक डाउन र जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञाका कारण, गरी खानेलाई समस्या नभएपनि गरिब, असहाय सर्वसधारण जनताको लागी थप समस्याको पिडा खेप्दै आउनु परेको छ ।
सर्वसधारण जनतालाई राहत दिनको निम्ति केही सहयोगी हातहरु अगाडी बढाएपनि वीरगंज महानगरपालिकाले खासै पहल नगरेको हेरिएको छ । दिउसो काम गरी राति खानेहरुको अवस्था निषेधाज्ञाका कारण झन कष्टकर बनेको छ । कष्टकरमा जिविका पार्जन गरिरहेका गरिब असहाय सर्वसधारणका लागि साहिद दरवार सेवा संस्थान, समर्पण सेवा संस्थान, सेरामिल प्रा.लि.को योगदानमा गरिब असहायलाई खाना खुवाउने कार्यक्रम जारी राखेका सदस्य राजेश सिंहले बताउनु भयो ।
देश यस्तो प्रतिस्थितमा जुधिरहेको बेला वीरगंज महानगरपालिकाले गर्नुपर्ने कार्य बिभिन्न संघ संस्थाहरुले गरिरहेको बताइएको छ । संघ संस्थाले योगदान दिएको रकमले जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष राजेशमान सिंहको अगुवाइमा खाना खुवाउने कार्य भइरहेको छ । बिभिन्न समस्याको सामना गर्दै अध्यक्ष राजेशमान सिंहले गरिब, असहाय जनताको लागी अहोरात्री खटि करिब ३ सय घर परिवारलाई खाना खुवाउदै आएका हुन ।
यता बिभिन्न संघ संस्थाले खाना खुवाउने कार्य जारी राखेपनि वीरगंज महानगरपालिका मुखर्शक बन्ने बाहेक अरु केही नगरेको हेरिएको छ । वीरगंजमा रहेका रिक्सा चलाकहरु भोको पेटका कारण यस्तो महामारीको समयमा समेत प्रहरीको लाठि खादै रिक्सा चलाउन बाध्य भएका छन । सवारी साधन नपाउदा रिक्साको भाडा समेत निस्कन नपाउने स्थितमा खानाको जोहो कसरी गर्ने चिन्तामा रहेका छन ।
बिभिन्न संघ संस्था जस्तै वीरगंज महानगरपालिकाले समेत यस्तै खाना खुवाउने कार्यक्रम चलाएको भए सायद गरिब असहाय मान्छेहरु भोको पेट सत्न बाध्य हुदैनथे होला । तसर्थः यस्तो महामारीको समयमा गरी खानेहरुको लागी महानगरपालिका लगायत सरोकारवालाको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.