Ultimate magazine theme for WordPress.

सडक ढलान एक दिन नबित्दै भत्कियो, स्थानीय जनप्रतिनिधि ढाकछोप गर्न तर्फ अग्रसर (भिडियो सहित)

850

उमेश दुबे
बारा, १६ असार ÷ बाराको फेटा गाउपालिका वडा नम्बर ४ मा निमाण गरिएको सडक ढलानको कार्य एक दिन नबित्दै भत्किएको थियो । शनिवार दिउसो भएको सडक ढलान कार्य २४ घण्टा नबित्दै भत्किएहो हो ।
स्थानीय जनप्रतिनिधिले उपभोक्ता समिति गठन गरी बनाइएको सडक ढलान एक दिन नबित्दै भत्किएको थियो । गत शनिवार १० लाखको लागतमा रहेको सडक ढलान कार्य त्यसको भोलि पल्ट नै भत्किएको थियो । स्थानीय केही युवाले समाजिक संजालमा उक्त भ्रष्टाचारको बिषयमा उजागर गर्नसाथ स्थानीय जनप्रतिनिधि रातारात भत्किएको सडक फेरी ढलान गरेका थिए । समाजिक संजालमा पुरा प्रमाण सहितको फोटोहरु आउनसाथ स्थानीय जनप्रतिनिधिले रातारात उक्त सडकलाई पुनः ढालिएको थियो । तर पहिलादेखी नै बिग्रिएको सडक पछि के सुध्रिनु र ? सडक ढलान गर्दा नै पोखरीको छेउमा रहेको पर्खाल समेत भासिएको र टेढो समेत भएको हो ।
उक्त सडक ढलानको कार्य कतिखेर तल खसेर ठुलो दुर्घटना हुन सक्ने हो ठेकान रहेको स्थानीयले बताए । इन्जिनियर र स्थानीय जनप्रतिनिधिकै सहयोगमा कमसल समाग्री प्रयोग गरि ढालिएको स्थानीयले आरोप लगाए । आफु लगायत सम्पूर्ण भ्रष्टाचारीहरु फस्ने डरले रातारात स्थानीय जनप्रतिनिधिहरु पुनः दोश्रो पटक सिमेन्ट बालुवाले मिलाउने प्रयास गरेको स्थानीयले आरोप लगाए । स्थानीय जनप्रतिनिधि चोरी गरे झै रातिको समयमा गरिएको सडक ढलान कार्यमा अनियमित्ता भएको प्रस्टयाउछ ।
भत्किएको सडक ढलानको ठाउमा मात्र सिमेन्ट प्रयोग गरी लुकाउने मात्र काम भएको घटना स्थलबाट खुल्न आएको छ । रातिको मौका छोपी स्थानीय जनप्रतिनिधिहरु घटना स्थलमा आई पुनः सडक ढलान गरिएको स्थानीयले दुखेसो पोखे । चुनाव सम्पन्न भएको ३ बर्ष भन्दा बढी बितेपनि हालसम्म गाउको विकासको अनियमित्ता नरुकेको स्थानीयले आरोप लगाए ।
यस बिषयमा स्थलगत रिपोर्टीङ गर्न गएका पत्रकारको केमरा अगाडी स्थानीय जनप्रतिनिधि केही भन्न चाहेन्न । फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले आफु बाहिर रहेको र उक्त ढलानको बिषयमा आफुलाई सबै जानकारी भइसकेको र आउने दिनमा भुक्तानी रोकिने बताउनु भयो ।
भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस

Leave A Reply

Your email address will not be published.